होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर १, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कारबाहीको माग गर्दै मन्त्री पाण्डेद्वारा सांसद बजगाईंविरूद्ध उजुरी दर्ता
देश/प्रदेश

कारबाहीको माग गर्दै मन्त्री पाण्डेद्वारा सांसद बजगाईंविरूद्ध उजुरी दर्ता

  • नागरिक रैबार
कारबाहीको माग गर्दै मन्त्री पाण्डेद्वारा सांसद बजगाईंविरूद्ध उजुरी दर्ता

काठमाडौँ । पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेस सहमहामन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री बद्री पाण्डेले दलकै नेता राजेन्द्र बजगाईंविरूद्ध उजुरी दर्ता गराएका छन् । मन्त्री पाण्डेले पार्टी अनुशासन समिति तथा संसदीय दलमा पार्टी नेता तथा सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

सांसद बजगाईँले पार्टी अनुशासन र हित विरुद्ध काम गरेको भन्दै अनुशासनको कारबाहीको माग गर्दै कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी दर्ता गराएको पाण्डेको सचिवालयले जानकारी दियो ।

‘उहाँ पार्टी हित र अनुशासन विरुद्ध जानुभयो । यतिसम्म कि मन्त्रीज्यूमाथि त प्रतिशोध नै साध्नुभयो‚’ ती सचिवालय सदस्यले भने । सांसद बजगाईंले रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौँ रुपैयाँ घुस बुझाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका थिए । आरोपमा सांसद बजगाईँले उक्त पैसाबाट मन्त्रीले घर किनेको समेत दाबी गरेका थिए ।

विज्ञापन

‘डेरामा बस्ने मन्त्री बन्नासाथ घर किन्ने ?‚ ’सांसद बजगाईँले सामाजिक सञ्जालमा लेखेका थिए । जवाफमा बद्री पाण्डेले मतियार र बिचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने भन्दै इमानदार भएर काम गर्न खोजे पनि स्वार्थ समूहले घेराबन्दीमा पार्न खोजेको गुनासो गरेका थिए । उनले आफूले करोड त कौडी खाएको पुष्टि गरे पनि राजनीतिक जीवन परित्याग समाप्त गर्न तयार रहेको भन्दै सांसद बजगाईंलाई चुनौती दिएका थिए । रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै