काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा सहभागी भएर स्वदेश फिर्ता भएका छन्।
अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कार्त्तिक २५ गते बाकु प्रस्थान गरेका थिए। अजरबैजानबाट कतारको राजधानी दोहाहुँदै राष्ट्रपति पौडेलसहितको टोली आज स्वदेश फिर्ता भएको हो।
राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,सभामुख देवराज घिमिरे, प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री रमेश लेखक, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदस्थ अधिकारीहरुले स्वागत गरेका थिए।
राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई कात्तिक २७ गते सम्बोधन गरेका थिए।
विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये पर्छ । नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ ।सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ ।
फेसबुक प्रतिक्रियाहरु