होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमलिकामा महिनाको एक दिन अनिवार्य श्रमदान अभियान सूरु
समाचार

बडीमलिकामा महिनाको एक दिन अनिवार्य श्रमदान अभियान सूरु

  • नागरिक रैबार
बडीमलिकामा महिनाको एक दिन अनिवार्य श्रमदान अभियान सूरु

नागरिक रैबार/बाजुरा ३० साउन।बाजुराको बडीमालिका नगरपालिकाले नगरभित्र महिनाको एकदिन अनिवार्य श्रमदान गर्ने अभियान सूरु गरेको छ ।

बडीमालिकाको शान, महिनाको एकदिन अनिवार्य श्रमदान भन्ने उद्देश्यका साथ अभियानको सदरमुकाम मार्तडी बजारको सरसफाई गरेर गरेको हो ।

नगरपालिकाको सेवा क्षेत्रभित्रका नागरिकहरुलाई समाजप्रति जिम्मेवार बनाउन महिनाको एक दिन अनिवार्य श्रमदान अभियान सूरु गरेको नगरपालिकाले जनाएको छ ।

विज्ञापन

श्रमदान अभियान अन्तरगत आज पहिलोदिन नगरपालिकाका जनप्रनिनिधि, कर्मचारी नागरिक समाज लगायतले सदरमुकाम मार्तडी बजारको सरसफाई गरेका छन् ।

नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार महिनाको एकदिन अनिवार्य श्रमदान अभियान संचालन गरिएको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले बताएका छन् ।

नगरप्रमुख खड्काका अनुसार अभियानको पहिलो चरणमा बजारको सरसफाई गरिएको र आगामी दिनमा सेवा क्षेत्रभित्रका ९ वटै वडामा जनप्रनिधि, कर्मचारीहरुले महिनाको एकदिन विकास निर्माणका काममा समेत अनिवार्य श्रमदान गर्नुपर्ने भएको छ ।

साथै अभियान अन्तरगत यहि भाद्र २ गते लाग्ने सुदूरपश्चिमको प्रमुख धार्मिक स्थल बडीमालिका मन्दिरमा लाग्ने मेलालाई लक्षित गर्दै उक्त अभिायनको सूरुवातसंगै सदरमुकाम मार्तडीको बजार क्षेत्र स्वच्छ र सफा बनाएको हो ।

समाजमा जुनसुकै काम गर्नपनि स्थानीय सरकारको बजेटले गर्न सम्भव नहुने हुँदा महिनाको एकदिन नगरबासीले अनिवार्य श्रमदान गर्नका लागि अभियानको सूरुवात गरिएको नगरपालिकाले जनाएको छ ।

अभियना अन्तरगत गरिएको बजार सरसफाई कार्यक्रममा बडीमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्का, उप्रमुख नन्दा कुमारी थापा,  प्रमुख प्रसाशकिय अधिकृत बमबहादुर केसी, प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी दिलीपकुमार गिरी, वडा अध्यक्षहरु,नगरपालिकाका कर्मचारी, उद्योग वाणीज्य संघ बजार, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार