होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, माघ १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वामीकार्तिकमा हुने उपनिर्वाचनमा ७ हजार बढी मतदाता, कुन वडामा कति ?
समाचार

स्वामीकार्तिकमा हुने उपनिर्वाचनमा ७ हजार बढी मतदाता, कुन वडामा कति ?

  • नागरिक रैबार
स्वामीकार्तिकमा हुने उपनिर्वाचनमा ७ हजार बढी मतदाता, कुन वडामा कति ?

नागरिक रैबार/बाजुरा २८ कार्तिक। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा म‌ंसिर १६ गते हुने उपनिर्वाचनमा ७ हजार ४ सय ६० जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाजुराको अन्तिम नामावलि प्रकाशन अनुसार स्वामीकार्तिकका ५ वटा वडामा महिला र पुरुष गरेर ७ हजार ४ सय ६० जना मतदाता रहेका छन् । जसमा वडा नम्वर १ मा १ हजार ७ सय २६, वडा नम्वर २ मा १ हजार ३ सय ३८, वडा नम्वर ३ मा २ हजार ७३, वडा नम्वर ४ मा १ हजार ४ सय १५ र वडा नम्वर ५ मा ९ सय ८ जना गरी जम्मा ७ हजार ४ सय ६० जना मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी अंगत महतले बताएका छन् ।

२ ०७९ को स्थानिय तहको निर्वाचनबाट विजयी भएकी उपाध्यक्ष मैना जोशीको मृत्यु भएपछि स्वामीकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो । स्वामीकार्तिक खापर गाउँपालिकामा हुने उप निर्वाचनको लागि ५ वटा मतदान स्थलमा ९ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

२०७९ सालको स्थानिय निर्वाचनमा नेपाली कांग्रेसबाट मैना जोशीले १ हजार ८ सय १० मत प्राप्त गरी बिजयी भएकी थिइन भने उनका प्रतिस्पर्धी एमालैकी सुलोचना बुढाले १ हजार ६ सय ३७ मत प्राप्त गरेकी थिइन् । त्यस्तै माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत पाएका थिए ।

स्वामीकार्तिक खापर गाउपालिकाको रिक्त उपाध्यक्ष पदको उपनिर्वाचनका लागि बाजुरा जिल्ला अदालतका न्यायाधीस संजिव पोखरेललाई निर्वाचन अधिकृत्त तोकिएको छ । निर्वाचन अधिकृत्तको कार्यालय कात्तिक ३० गते स्थापना गर्ने तयारी रहेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार