होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जन्मदिनको अवसरमा कडाराले गरे रमिलाको उपचारमा आर्थिक सहयोग
समाचार

जन्मदिनको अवसरमा कडाराले गरे रमिलाको उपचारमा आर्थिक सहयोग

  • नागरिक रैबार
जन्मदिनको अवसरमा कडाराले गरे रमिलाको उपचारमा आर्थिक सहयोग

नागरिक रैबार/बाजुरा २९ साउन।जन्मदिनको अवसर पारेर दिपक कडाराले काठमाण्डौंमा उपचारारत रहेकी बाजुराकी रमिला कुमारी विकको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका घर भई हाल मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कवाडी हुम्लामा शाखा प्रबन्धकमा कार्यरत रहेका कडाराले आफ्नो जन्मदिनको अवसर पारेर रमिलाको उपचारका लागि आर्थिक सहयोग स्वरुप ४ हजार सहयोग गरेका हुन् ।

जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा गृह जिल्ला बाजुराकी छोरी रमिलाको उपचारमा सानो भएपनि आफ्नो तर्फबाट सहयोग होस भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको कडाराले बताएका छन् ।

विज्ञापन

अघिल्लो वर्ष पनि कडाराले जन्मदिनको अवसर पारेर बुढीगंगा नगरपालिका २ मा रहेको कन्सर्न बाजुरालाई शैक्षिक सामाग्री सहयोग गरेका थिए ।

२६ वर्षिया रमिलाको मृगौलामा समस्या भएपछि विगत २ वर्षदेखि काठमाण्डौंको विर अस्पतालमा उपचारारत रहेकी छन् । रमिलासंगै अस्पतालमा रहेका श्रीमान प्रकाश विक अहिले श्रीमतिको उपचारका लागि आवश्यक पर्ने रकम नभएपछि शुभचिन्तक, आफन्तजन, देश तथा विदेशमा रहेका सवैसंग उपचार खर्च सहयोग गरिदिनका लागि हारगुहार गर्दै आएका छन् ।

अहिले प्रकाश संग श्रीमतिको उपचार खर्च जुटाउन र दैनिक परिवारको छाक टार्न समेत आर्थिक अभाव अभाव भएको छ । रमिलाको डाइलासिस र अन्य उपचार गनुपर्ने अस्पतालले जनाएको छ । रमिलाको साउन १ गतेदेखि हप्तामा दुई पटक डाईलासिस भइरहेको छ । एक पटक डाइलासिस गर्न मात्रै धेरै रुपैया लाग्ने गरेको र डायलासिस गर्न लाग्ने रकम आफुसित नभएको रमिलाका श्रीमान प्रकाशले बताएका छन् ।

तपाइहरुपनि सहयोग गर्न तल दिएको उल्लेखित खाता अनुसार सहयोग गर्न सक्नुहुनेछ । 

Name:- Ramila Kumari B.K Bank Name:- NIc ASIA
Bank account Number:- 1145752012579001
फोन पे नम्बर:-9742407342
थप जानकारीका लागि रमिलाका श्रीमान प्रकाश विक (Prayash BK) को नम्बर 9742407342/ 9848523376 सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार