होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेको पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास
समाचार

एमालेको पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास

  • नागरिक रैबार
एमालेको पार्टी केन्द्रीय कार्यालय भवन शिलान्यास

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नयाँ भवन निर्माणको शिलान्यास गरेका छन् । शुक्रबार कीर्तिपुर नगरपालिका–२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरिएको हो ।

काठमाडौँ कलंकी–तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवन बन्ने छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बाढीको सामना गरेको नेकपा एमालेले नयाँ भवन निर्माण गर्ने भएको हो ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय गरेको थियो । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौँ महानगरपालिका –१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको बताए । तर अब भने स्थायी भवन निर्माणको तयारीमा रहेको उनले बताए ।

विज्ञापन

२०७२ को भूकम्पका कारण बल्खुबाट विस्थापित नेकपा एमाले मुख्यालय धुम्बाराही, थापाथली हुँदै हाल ललितपुरको च्यासल पुगेको हो। त्यहाँ पनि बाढी र डुबानले दुःख दिएपछि नयाँ विकल्प खोजिएको हो ।

एमालेका आठ लाख बढी पार्टी सदस्यहरू छन् । भवन निर्माणका लागि भवन निर्माण कोष बनाएर बैंकमा अलग्गै खाता खोलिएको थियो । प्रत्येक पार्टी सदस्यबाट सय रुपैयाँका दरले रकम पनि उठाइएको थियो।

गत वैशाख ८ देखि १० गतेसम्म गोदावरीमा गरिएको राष्ट्रिय प्रतिनिधि परिषद् भेलामा समेत पार्टी कार्यालय भवन निर्माणका लागि रकम सङ्कलन अभियान सञ्चालन गरिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार