काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख एवं संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको नाममा प्रतिष्ठान बन्ने बताएका छन् । च्यासलमा आयोजित पहिलो स्मृति सभामा अध्यक्ष ओलीले नेम्वाङको नाममा पार्टीले प्रतिष्ठान स्थापना गर्ने बताएका हुन् ।
‘सुवास नेम्वाङ योग्य कानुनविद्, संविधानविद्का साथै लोकतन्त्रको साँचो अनुयायी हुनुहुन्थ्यो’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँको निधनबाट परिवार हाम्रो पार्टीलाई असाधरण क्षति पुगेको छ नै, देशले जनपक्षीय र देशभक्त व्यक्तित्व गुमाएको छ ।’ अध्यक्ष ओलीले प्रतिष्ठान मार्फत् नेम्वाङको योगदानमाथि विमर्श गरिने बताए ।
फेसबुक प्रतिक्रियाहरु