काठमाडौँ — नेपाली कांग्रेसले उत्कृष्ट कार्य गर्ने २१ स्थानीय तहलाई सम्मान गर्ने भएको छ । पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिले राम्रो कार्य गरेका २१ वटा गाउँपालिका र नगरपालिकालाई कांग्रेसले सम्मान गर्न लागेको हो ।
केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले कांग्रेसले जितेका देशभरका ३२९ स्थानीय तहमध्ये उत्कृष्ट कार्य गर्ने २१ वटा गाउँपालिका र नगरपालिकाहरूलाई सम्मान गर्न लागेको हो ।
ती गाउँपालिका र नगरपालिकाहरूलाई बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको उक्त विभागका प्रमुख आचार्यले जानकारी दिए ।
२०७९ को निर्वाचनमा कांग्रेसले देशभरका ३२९ स्थानीय तहमा प्रमुख/अध्यक्ष र ३०१ स्थानीय तहमा उपाध्यक्ष/उपप्रमुख जितेको थियो ।
फेसबुक प्रतिक्रियाहरु