होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिनका लागि कांग्रेस तयार
देश/प्रदेश

सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिनका लागि कांग्रेस तयार

  • नागरिक रैबार
सहकारी प्रकरणमा उपसभापति गुरुङमाथि छानबिनका लागि कांग्रेस तयार

काठमाडौं- प्रमुख सत्तारढ नेपाली कांग्रेसले ललितपुरस्थित एक सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ बचत अपचलनमा मुछिएका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्न दिने निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले धनराजमाथि छानबिनका लागि पार्टी तयार रहेको निष्कर्ष निकालेको हो ।

बैठकपछि पार्टी संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले उपसभापति गुरुङ सहकारी प्रकरणमा मुछिएको विषयमा कांग्रेसको धारणा प्रष्ट रहेको बताउँदै यसमा छानबिनका लागि ढोका खोल्ने निर्णय भएको जानकारी दिए ।

विज्ञापन

‘उहाँ (धनराजण) ले गल्ती गर्नुभएको भए सजाय हुन्छ। सहकारी प्रकरणमा छानबिनका लागि कांग्रेस तयार छ’, उनले भने, ‘यसमा कांग्रेस प्रष्ट छ, छानबिनको कुरामा कांग्रेसमा कुनै द्विविधा छैन ।’

घिमिरेले गुरुङले नक्कली डिभोर्स गरेको भनेर उठाइएको कुराको भने प्रतिवाद गरेको छ। ‘डिभोर्स पनि कहीँ नक्कली हुन्छ ? कानुनबमोजिम भएको कुरा नक्कली हुँदैन’, उनले भने, ‘उपसभापति गुरुङले कानुनी रुपमा डिभोर्स गरिसकेपछि त्यो उहाँको निजी कुरा हो । डिभोर्सको बिषयमा छलफल हुन सक्दैन।’

प्रमुख सचेतक घिमिरेले उपसभापति गुरुङ आफैँले मंगलबार संसद् बैठकमा पनि छानबिनका लागि तयार रहेको बताइसकेको कुरा स्मरण गराए । उनले सहकारी प्रकरणमा अनुसन्धान प्रकिया अघि बढाउन पार्टी तयार रहेको जानकारी पत्रकारलाई दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै