होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एक वर्षमा सुवास नेम्वाङलाई सम्झने कयौं क्षण आए : प्रधानमन्त्री ओली
देश/प्रदेश

एक वर्षमा सुवास नेम्वाङलाई सम्झने कयौं क्षण आए : प्रधानमन्त्री ओली

  • नागरिक रैबार
एक वर्षमा सुवास नेम्वाङलाई सम्झने कयौं क्षण आए : प्रधानमन्त्री ओली

सुवास नेम्वाङको पहिलो स्मृति दिवस

काठमाडौँ – संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहिलो स्मृति दिवसमा बुधबार विभिन्न कार्यक्रम गरिँदैछ। प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङ बिनाका एक वर्षमा उनलाई सम्झना गर्ने कयौं क्षण आएको बताएका छन्।

सामाजिक सञ्जालमा नेम्वाङको निधनले दिएको पीडा सम्झदै उनले यस्तो बताएका हुन्। ओलीले प्रथम स्मृति दिवसको अवसरमा नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्झना गरेका हुन्।

ओलीले फेसबुकमा लेखेका छन्, ‘आज एक वर्ष बितिसकेछ, संविधानसभा अध्यक्ष, मेरा मित्र सुवास नेम्वाङको निधनले पीडा दिएको थियो। सुवासजी बिनाका एक वर्षमा उहाँलाई मिस गर्ने कयौं क्षणहरु आए। आज उहाँको प्रथम स्मृति दिवस, हार्दिक श्रद्धा सुवासजी।’

विज्ञापन

तत्कालीन नेकपा (एमाले) का उपाध्यक्ष, प्रतिनिधि सभाका सदस्य नेम्वाङको २०८० साल भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो।
 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार