होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • उपसभामुख रानालाई पदबाट हटाउने प्रस्ताव दर्ता हुँदै
Breaking News

उपसभामुख रानालाई पदबाट हटाउने प्रस्ताव दर्ता हुँदै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
उपसभामुख रानालाई पदबाट हटाउने प्रस्ताव दर्ता हुँदै

काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ । प्रतिनिधि सभामा रहेका कांग्रेस, एमालेका १ चौथाई सांसदहरुको हस्ताक्षर सहित संघीय संसद सचिवालयमा पदमुक्त गर्ने प्रस्ताव दर्ता गर्न लागिएको हो ।जनमत पार्टीका सांसद अब्दुल खानले उपसभामुखलाई हटाउने प्रस्ताव आज दर्ता गर्ने तयारी रहेको रातोपाटीलाई जानकारी दिए ।

उनले भने, ‘उहाँलाई हटाउनेबारे आज प्रस्ताव दर्ता हुन्छ । त्यसपछि त्यसबारे ७ दिन छलफल हुन्छ । एमाले र कांग्रेसका साथीहरूबाट दर्ता गराउने कुरा छ । भदौ ३० र ३१ गतेभित्र यो कार्यसूचीभित्र चढिसक्छ । त्यसपछि यसबारेमा संसदमा छलफल हुन्छ । उपसभामुखले जवाफ दिनुहुन्छ । त्यसपछि सभामुख मार्फत निर्णयार्थ प्रस्तुत हुन्छ । त्यसपछि भोटिङ हुन्छ ।’

Nabil bank
उपसभामुख रानाले अघिल्लो वर्ष अमेरिकाको एक कार्यक्रममा जानका लागि केही व्यक्तिको भिसाको अन्तरवार्ताको समय छिटो मिलाइदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । सोही विषयलाई लिएर सत्ता पक्ष दलले उनको उपसभामुख पद खोस्न लागेका हुन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • १७ मिनेटutes अगाडि

भर्खरै