होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, कार्तिक २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका नगरपालिकाले प्रथम कोदो दिवस मनाउने
समाचार

बडीमालिका नगरपालिकाले प्रथम कोदो दिवस मनाउने

  • नागरिक रैबार
बडीमालिका नगरपालिकाले प्रथम कोदो दिवस मनाउने

नागरिक रैबार/बाजुरा २५ कार्तिक। बाजुराको बडीमालिका नगरपालिकाले प्रथम बडीमालिका कोदो दिवस २०८१ मनाउने भएको छ ।बडीमािलका नगरपालिका कृषि विकास शाखाको आयोजनामा आगामी मंसिर १ गतेका दिन प्रथम बडीमालिका कोदो दिवस २०८१ मनाउन लागेको हो ।

‘कोदो उत्पादनमा वृद्धि, बडीमालिकाको समृद्धि’ भन्ने मुल नाराका साथ पहिलो पटक मार्तडीमा प्रथम बडीमालिका कोदो दिवस २०८१ को आयोजना हुने भएको हो ।

दिवसमा कृषक समूहले आफ्नो खेतबारीबाट उत्पादन गरेका कोदोजन्य उत्पादनहरुलाई प्रतियोगितामा समावेश गराईने भएको छ ।प्रतियोगितामा कोदोको परिकार, ओखलमा फलेको कोदो प्रर्दशन, नफलेको कोदो प्रर्दशन, कोदोको झुप्पा सहित प्रर्दशन, कोदोको स्थानीय परिकार (रोटी, ढिडों माडा आदी) लाइ प्रतियोगितामा समावेश गर्ने भएको छ ।

विज्ञापन

May be an image of text

त्यस्तै कोदो उत्पादनमा वृद्धि, बडीमालिकाको समृद्धि शिर्षकमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता र मालिका माविको नृत्य समेत प्रस्तुति गरिने भएको छ । रैथाने तथा कोदो बालीलाई उत्पादन बृद्धि, संरक्षण प्रशोधन र बजारीकरण शिर्षकमा वडा स्तरीय देउडा प्रतियोगिता समेत गरिने भएको छ ।
प्रतियोगितामा समावेश भएका प्रत्येक विधाका उत्कृष्ठ सहभागिहरुलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले बताएको छ ।

 नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि र कृषकहरुलाई कृषिमा आत्मनिर्भर बनाउन वर्षेनी कृषिजन्य काममा लगानी गर्दै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार