पुर्णबहादुरकाे सारङ्गीकाे पाेष्टरले नै मलाई याे फ्लिम एक्लाएक्लै नभई पुरै जहानसहित संगै बसेर हेर्नुपर्छ पर्छ भन्ने आज हाेइन, पाेष्टर सार्वजनिक भएको दिनदेखिनै सिनेमा हलमा गएर चलचित्र “पूर्णबहादुरकाे सारङ्गी” हेर्ने धाेकाे थियाे, बल्लतल्ल पुग्याे ।
यस चलचित्रका बारेमा विभिन्न समाजिक सञ्जाल, तथा मिडियामा जेजति प्रतिक्रिया आएका र फिल्मी समिक्षा लेखिएका थिए ती लगभग लगभग प्रायःजसो पढियाे । तर, मन मष्तिस्कमा एक खाले प्रश्नले बारम्बार हिर्काई रह्याे ।
किन चलचित्र निर्माण पक्ष र नेपाली आम दर्शकलाई अन्धकारमा राखिरहने मिडिया र एक ब्राह्मणवादी एवम् पितृसत्तात्मक साेच र प्रवृत्ति भएका सामाजिक सञ्जाल प्रयाेगकर्ताहरूले फैलाई रहेको पुर्णबहादुरकाे सारङ्गी नामक चलचित्र बाउछाेराकाे संघर्षको कथा मात्रै भनेर हल्ला पिटिरहेका छन ? केहीहदसम्म हाे, त्याेपनि । तर, मलाई लाग्छ – त्यत्तिमात्रै छ त चलचित्रमा भन्न खाेजिएकाे ? अँह ! हाेइन । बरू जात व्यवस्था बारे बहुत कुछ ढाकछाेप गरिएर भनिएको छ, चलचित्रमा पनि । र, यसैकाे फेराे समातेर हाैवा फिट्नेले पनि ।
यहाँ झुत्रेझात्रे देखाएर गरिब दलित सिमान्तकृत उत्पिडितहरूकाे आँसुकाे व्यापार गर्नु त चलचित्र उद्योगीहरूकाे पुरानाे राेग नै हाे । यसमा केही भन्नै छन । त्याे राेग यहाँ पनि प्रयाप्त मात्रामा देखिन्छ ।त्याे बेलाका वैज्ञानिक एवम् संगितकारहरूकाे रचनात्मक तथा कला काैशलताले ओेतप्राेत समुदायका दैनिकमा बिर्काे लगाएर अर्को अर्कै ढंगले कथा बनाएर चलचित्र आएपछि मैले हेर्दाहेर्दै अनुभुत गरेको कुरा अलिकति भएपनि नलेखी बसे उकुसमुकुस हाेला जसाे भयाे ।
यस चलचित्रमा बाउछाेराकाे कथा मात्रै भनी प्रायःजसो बाहिर आईरहँदा आममान्छेलाई अध्कल्चाे पार्ने वेवकुफ्याई गरेर उदुम मचाउने भित्र पर्नु हुँदैन भनेर एक आम दर्शककाे नजरबाट फिल्म हेर्दा अनुभुत भएको व्यहाेरा लेख्ने जमर्को गरिरहेकाे छु ।हुन त नेपाली समाज बुझ्न नेपाली चलचित्र पनि हेरिनुपर्छ भन्ने कुरालाई यो चलचित्रले राम्रै न्याय गरेको देखिन्छ । यस चलचित्रमा पञ्चायतकालीन शासन व्यवस्थाकाे समयमा गन्धर्व/गाइने समुदायको सामाजिक जीवनलाई यथार्थ प्रस्फुटन गर्ने अधिकतम् प्रयास गरेको छ । जात व्यवस्थामा आधारित समाजभित्र सीप र ज्ञानले भरिपूर्ण समुदायको कसरी सिमान्तकरण गरिएकाे थियाे त्याेबेला भन्ने कथालाई सरल ढङ्गले प्रस्तुत गरेको छ ।
यस्तो सामाजिक संरचना भित्र पनि सारङ्गीकाे धुन मिसाएर एक गाइने बाबुले आफ्नो छोराको भविष्यको लागि गरेको संघर्ष र दलित महिला माथि पित्तृसत्तात्मक संरचनाले गर्ने धुर्त्याइँ बारे पनि चलचित्रले छर्पष्ट देखाएको छ । रिसावेगमा हसाउने, टिठ लाग्दाे ढंगले रुवाउने र सोचमग्न बनाउने सबै घटनाको मिश्रण पाइन्छ, यस चलचित्रमा ।
यस चलचित्रकाे पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् भने सङ्गीत प्रशान्त सिवाकोटीले दिएका छन् । मुख्य भुमिकामा आवद्ध विजय बरालसहित प्रकाश सपूत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ । यसमा सबै कलाकारहरुको अभिनय उत्कृष्ट छ । त्यसमा पनि बाबु-छोराको भूमिकामा रहेका बिजय बराल (पुर्णबहादुर गन्धर्व) र बाल कलाकार स्वयम् केसी (कमल गन्धर्व) काे अझ विशेष अभिनय लाग्यो । निर्देशकले त्यति साह्रै लाेभलाग्दाे तरिकाले प्रकाश सपुतलाई नपस्केपनि सपुतकाे उपस्थितिले चलचित्रले न्याय पाएकाे भान भएको छ ।
चलचित्रमा अलि कति राजनीतिक पुर्वाग्रह चाहिँ राखियो कि भन्ने लाग्छ मलाई । हुन त त्याेबेलाका क्रान्तिकारी भनिएकाहरूकाे यत्तिको अनुहार एकहदसम्म उदाङ्गाे पार्नु ठिकै पनि हाे । ती प्रकृति प्रदत्त ज्ञानी र शिपहरूलाई अज्ञानी ठान्ने अनि महेन्द्र माला घाेकाउने शिक्षककाे क्रान्तिकारीता भन्दा कयाैँ गुणा बढि साेच विचार गर्ने पुर्ण बहादुर र परम्परागत ज्ञानलाई अर्को पुस्तालाई जबर्जस्ती नलात्न दिन ती बाउआमाले निभाएकाे भुमिका हजारौं गुणा क्रान्तिकारी देखाएको छ यसमा ।
मलाई मन परेको यो चलचित्रको सबैभन्दा राम्रो पक्ष दृश्यहरू जहाँ प्रतीकलाई सही तरिकाले, सही ठाउँमा, सही भावनासँग जाेडेर प्रयोग गरिनु र सहि खालको अभिनय देखाईनु नै हाे ।गन्धर्व समुदायको अर्ग्यानिक कथावस्तु रहेको ‘पूर्णबहादुरको सारङ्गी’ले बाबुछोराबीचको भावनात्मक सम्बन्धलाई निकै मर्मस्पर्शी रूपमा पस्किएको छ । निर्देशक सरोज पौडेलले यो सम्बन्धलाई सुमधुर देखाउन कुनै झिल्के र कृत्रिम संवादको सहारा लिएका छैनन् भन्न सकिन्छ । सानो-सानो कुराहरू, आनीबानीहरु, ध्वनीहरु, स्वरुपहरु, बिम्बहरु र तिनका पारस्परिक संवादमार्फत निकै मिठो ढङ्गबाट चित्रण गरेका छन् ।
बाबुको गरिबीका बीचमा पनि सन्तानप्रति दर्शाएको स्नेहले तपाईँलाई आँखा ओभानो पक्कै राख्ने छैन जुन सिनेमाको प्रमुख शक्ति हो । यथार्थ र आकांक्षाबीचको द्वन्द्वमा सिनेमा सशक्त बनेको छ । विशेष गरी केही संवादविहीन दृश्यहरू, सारङ्गीको धुन मात्र बजेको समय, प्रयोग गरिएका मेटाफोरहरुले सिनेमालाई सुरुदेखि अन्त्यसम्म जोडिरहन्छ ।
बुवा बिरामी भएर अस्पतालमा पैसा नपुगेपछि जुटाउन पुर्ण बहादुरले गाएको गीत भने प्रशंसनीय छ । चलचित्रमा गीतसंगीतको संख्या धेरै छ । काेही गित कमसल छैनन् । तर, अधिकांश गीतमा गन्धर्वले गाउने ओर्जिनल ट्युनिङ खड्किन्छ । लय मात्र होइन, शब्दमा पनि गन्धर्वको उति धेरै झल्को आउँदैन । ठेट सारङ्गीकाे धुन सुन्न पाईएन कि कता कता भन्ने लाग्याे ! यसमा लेखक र निर्देशक चुकेका छन्, मजाले ।
तर, साथित्व कसरी निभाउनु पर्छ याे फिललिमले क्या मजाले देखाएको छ । तारिफ गरि साध्ये छैन ।
चलचित्रको कथा ६० को दशक अघितिरको हो । कार्यक्रमको ब्यानरमा डाक्टर पासआउटको वर्ष २०६५ उल्लेख छ । तर, त्यसको केही दिनमै क्रान्ति सफल भएको विजय जुलुसको नारा लाग्छ । टाइमफ्रेममा लेखक चुकेका छन् ।पीसीओको कालखण्डमा त्यति सहजै फोन कन्ट्याक हुन्थ्यो त ? पीसीओका बुथ त्यति खाली हुन्थे र ? याे मामलामा ग्रामीण परिवेशबाट टाढा रहेका छन् लेखक ।
जसकी श्रीमती एउटा तिलहरी किनेर दिन नसकेको, छोरालाई सर्ट किन्न नसकेको, प्राथमिक तह पनि पढाउन नसकेको भन्दै श्रीमान्लाई छोडेर हिँडेकी छन् – त्यही परिवेश, गायनकला र व्यक्तिले कसरी छोरालाई डाक्टर पढाउन सक्यो ?
पूर्णबहादुर हप्ता दिनकै ३५ हजार रुपैयाँ जम्मा गर्छन् । उनले सारङ्गी बजाएको र गाएको सुनेर पैसा दिनेले एक/दुई रुपैयाँभन्दा धेरै दिएको देखिँदैन । त्यसो हो भने कसरी जम्मा हुन्छ साता दिनमै ३५ हजार ? पूर्णबहादुर सारङ्गी रेट्न कहीँ टाढा गएको निर्देशकले देखाएका छैनन् । तर, उनी कसरी डाक्टर पढाउन पैसा संकलन गरिरहेका छन् ? ओल्लोपल्लो घरमा सारङ्गी रेटेर त डाक्टर पढाउने पैसा जुटाउन सम्भव हुन्छ र ?
पूर्णबहादुरलाई ठूलठूला सहरमा पुर्याएर सारङ्गी रेट्न लगाउन निर्देशकले कन्जुस्याइँ गरका छन् । त्यति मात्र गरेको भए पनि डाक्टर पढाउने पैसा गन्धर्वले संकलन गर्न सक्छन्/सक्दैनन् – त्यो बेग्लै कुरा, कम्तीमा प्रश्न नउठाउने वातावरण बन्न सक्थ्यो ।सुरुमा पूर्णबहादुर आफू बसेको जग्गा श्री ५ को सरकारको भएकाले बेच्न नमिल्ने बताउँछ । पछि त्यही जग्गा कुन प्रक्रियामा उसले बेच्छ । सरकारले जग्गाविहीनलाई धनीपुर्जा दिएको निर्देशकले देखाएका छैनन् । यो लेखनमा देखिएको कमजोरी हो ।
पूर्णबहादुरको छोरो भक्तपुरमा छ । गाउँमा बाबुको मृत्यु हुन्छ । बाबुको दाहसंस्कारमा छोरोलाई किन बोलाइएन ? विदेशमा रहेका छोराछोरी नआउँदासम्म त शव रुँगेर पर्खने समाजमा भक्तपुरमा रहेको छोरोलाई पर्खन के समस्या थियो ? यसमा लेखक र निर्देशक दुवै अपरिपक्व देखिएका छन् ।विष्टकाजीहरूका घर आँगनमा सारङ्गीकाे धुनमा गाउँदा गाउँदै नाच्दानाच्दै आँगनमा चक्कर आएर पुर्णबहादुर ढल्दासमेत काेही कसैले पानीसम्म दिन आँट गर्दैनन । यसले जातकाे आधारमा भेदभाव कुन हदसम्म हुन्थ्यो भन्ने कुरा घाम जस्तै छर्लङ्ग देखाई दिन्छ । जात व्यवस्थाले ब्राह्मण तुल्याएकाहरूले पुर्णबहादुरकाे घाँटी च्यापेर आवाज विहिनकाे आवाजमा थप लगाम लगाएकाे कुरामा खासै चाँसाे राखिएको छैन । जुन कुरा देखायाे भने त ब्रहामणवादी रैबैयाले नेटाे काट्छ कि भन्नेमा डराएका हुन कि लेखक र निर्देशक ?
आवाजै बन्द हुने गरि गला दबायर घाेक्रेठ्याक लगाए दिवारमा बजारेकाे कुरा कुनै साँङ्केतिक भाषामा समेत काेही कसैलाई बताउँदैन पुर्णबहादुर । हारगुहार पनि कहि गर्दैन । दैनिकी गुजार्न, छाेराकाे पढाइका लागि खर्च जुटाउन र छाेराकाे चिठी पढ्न साथीहरूलाई राम्रोसँग खान र सुत्न नदिने पुर्णे आफ्नाे गला दवाउने विरूद्व केही एक्सन लिदैन । जब कि पत्नी पाेईल गएकाे थाहा पाउने बित्तिकै बाकाे क्रिया बसेकाे सेताे बस्त्रशस्त्र आँखा नदेखेर बञ्चराे लिएर श्रीमती भगाउनेलाई ज्यान मार्न जाने मान्छे त्याे अवस्थामा साथी त के उसकाे छाेरासम्मलाई पनि भन्दैन । विद्रोही भएर हिड्नुकाे सट्टा एकाेहाेराे सिरफ मगन्ते भएर सारङ्गी रटानकाे भरमा हिड्छ । दुईचार पैसा गरि तीसहजार जम्मा गर्न पसले साहुलाई दिन्छ । गलाकाे भर हुन छाेडेपछि भएकाे पुर्खाैली त्यहीँ एउटा सारङ्गी तीनहजारमा बेचेर छाेराकाे क्लेजकाे फि तिर्छ ।
उता छाेरा ( कान्छाे) पनि बुबा नबाेलेकाे खाली रूखाे गुनासाे गर्छ । स्वास्थकाे समस्याले बुवा विरामी भएको देख्छ र डाक्टर भएर पासआउट हुँदा गाउँमा आएर बुवाकाे उपचारबाट आफ्नाे करिएर सुरू गर्ने उद्घाेष गर्छ । तर, घर फर्किदा बुवाकाे मुखभेटसम्म पाउँदैन । बुबाकाे त्याे हालत भाेग्नु पर्ने व्यवस्थाका बारेमा केही नसाेची डाक्टर पढेकाे छाेराे राेइधाेई गरि उहीँ सारङ्गी भिरेर छाेरी बाेकी बाटाे लाग्छ । कथा समाप्त !
हेर्नू हाेला ! अब पुँजीवादी ब्राह्मणवादी चिन्तन ह्याबी भएका बाहुनहरूले उहीँ विचैमा अलाप भएकि पुर्णबहादुरकी बाटुली र कमल गन्दर्भ ( कान्छा ) कि जाेइछाेरीलाई फेरि फेरि पातकी भएर नचाई रहने छ । सारमा याे चलचित्र जात व्यवस्थाले गर्दा अन्यायमा परेकाहरूलाई क्रान्तिकारी भएर मुक्ति मार्गमा लडेर हिड्नबाट राेकेर सिरफ कमल गन्दर्भ(कान्छा) जस्ता पात्र तैयार पारेर कर्मै खाेटाे हाे भनेर राेनाधाेनामै सिमित पार्छ । गरिवका आँसुको व्यापार गर्छ जुन कुरा राम्रो भएन, समग्रमा चलचित्र राम्रो भएपनि ।
फेसबुक प्रतिक्रियाहरु