होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वामीकार्तिक
  • सुदूरपश्चिममा ६ पद रिक्त, यस्तो थियो गत चुनावको मतपरिणाम
स्वामीकार्तिक

सुदूरपश्चिममा ६ पद रिक्त, यस्तो थियो गत चुनावको मतपरिणाम

  • नागरिक रैबार
सुदूरपश्चिममा ६ पद रिक्त, यस्तो थियो गत चुनावको मतपरिणाम

धनगढीः बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा गत निर्वाचनमा कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको निधन भएपछि सो पदका लागि उपनिर्वाचन हुँदैछ।

जोशी १ हजार ८१० मत पाएर विजयी भएकी थिइन्। उनका प्रतिस्पर्धी एमालेका सुलोचना कुमारी भण्डारीले एक हजार ६३७ मत पाएकी थिइन् भने माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ मत पाएका थिए। यस्तै बझाडको सूर्मा गाउँपालिका वडा नम्बर ४ मा एमालेका सर्जनबहादुर बोहरा ६२९ मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए।

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ मा गत निर्वाचनमा कांग्रेसका पुष्पराज जोशीले ५१३ मत पाएका थिए भने प्रतिस्पर्धी एमालेका देवबहादुर भण्डारीले ३८७ मत पाएका थिए। दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा गत निर्वाचनमा माओवादी केन्द्रका मनोरथ भट्टले ५८२ मत पाएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी एमालेका मानसिंह बडालले ३०२ मत पाएका थिए।

विज्ञापन

जिल्ला समन्वय समिति कैलालीका प्रमुखको निधन भएका कारण उनको स्थानमा पनि उपनिर्वाचन हुँदैछ। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा गत निर्वाचनमा नेपाली कांग्रेसका महेन्द्र खड्का एक हजार १०२ मत पाएर वडा अध्यक्षमा निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी एमालेका जनकराज अवस्थीले ६९८ मत पाएका थिए। तेश्रो स्थानमा राप्रपाका सुशीलकुमार भट्टले ४८७ मत पाएका थिए। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार