होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज २, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराका एक किसोर महेन्द्रनगरबाट बेपत्ता
Breaking News

बाजुराका एक किसोर महेन्द्रनगरबाट बेपत्ता

  • नागरिक रैबार
बाजुराका एक किसोर महेन्द्रनगरबाट बेपत्ता

नागरिक रैबार/बाजुरा २४ भदौ।बाजुराका एक किसोर कन्चरपुरको महेन्द्रनगरबाट बेपत्ता भएका छन् । अध्ययनको सिलसिलामा विगत ९ वर्षदेखि महेन्द्रनगरमा बस्दै आएका बुढीगंगा नगरपालिका १० बदेडा स्थायी घर भएका १५ वर्षिया निर्मल विक आफ्नै कोठाबाट बेपत्ता भएका हुन् ।

महेन्द्रनगरको साधारण माविमा कक्षा १० मा अध्ययनरत रहेका निर्मल भदौ २२ गतेदेखि बेपत्ता भएको उनका दाई राकेश विकले जानकारी दिएका छन् । निर्मलको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा खवर गरिसकेको बताईएको छ ।

महेन्द्रनगरको आफ्नै कोठाबाट ३ देखि बेपत्ता भएका निर्मल भीम लुहार र आमा धनकला लुहारका छोरा हुन् । उनि विगत ९ वर्षदेखि आफ्नै दाजु निरज विकसंग महेन्द्रनगरमा बस्दै आएका थिए ।

विज्ञापन

भदौ २२ गते कोठाबाट वेपत्ता भएका निर्मलले एउटा कागजमा अंग्रेजी भाषा मार्फत उल्लेख गर्दै आफ्नो कोठामा मलाई नखोज्नु होला, म ठुलो र राम्रो मान्छे बनेर मात्र फर्केर आउछु भन्दै चिठी समेत लेखेर कोठामा छोडेको भेटिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार