होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराको हिमाली गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्दै
Breaking News

बाजुराको हिमाली गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्दै

  • नागरिक रैबार
बाजुराको हिमाली गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्दै

नागरिक रैबार/बाजुरा २४ भदौ।बाजुराको हिमाली गाउँपालिकाले सार्वजनिक सुनुवाई तथा वार्षिक समिक्षा कार्यक्रमको आयोजना गर्ने भएको छ ।

गाउँपालिकाले आज (सोमबार) एक सूचना जारी गर्दै सो कार्यक्रम गर्ने बारे गाउँपालिकाबासीलाई जानकारी गराएको हो । गाउँपालिकाबाट गत आर्थिक वर्ष २०८०÷८१ मा संचालन भएका योजना कार्यक्रमका सम्वन्धमा सुझाव, गुनासो, तथा अन्य समसामयिक विषय वस्तुको बारेमा जानकारी दिने गरी यहि भदौ २८ गते सार्वजनिक सुनुवाई तथा वार्षिक समिक्षा कार्यक्रमको आयोजना गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।

गाउँपालिकामा वर्षभरी संचालन गरिएका विकास निर्माणका कामको बारेमा वार्षिक समिक्षा गर्ने र चालु आर्थिक वर्ष २०८१÷८२ मा गर्नुपर्ने विषयगत शाखाबाट हुने विकास निर्माणका कामबारे जानकारी गराउने भएको छ ।

विज्ञापन

May be an image of text

सार्वजनिक सुनुवाई तथा वार्षिक समिक्षा कार्यक्रममा पालिका भित्रका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सहकारी, महिला, बालवालिका, उपभोक्ता समिति, पत्रकार, जनप्रतिनिधि लगायतलाई सहभागिताका लागि आग्रह गरेको छ । सार्वजनिक सुनुवाई तथा वार्षिक समिक्षा कार्यक्रम पालिकाको केन्द्र धुलाचौरमा आयोजना गरिने गाउँपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार