होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका स्थानीय तह ३ सातादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन
बाजुरा बिशेष

बाजुराका स्थानीय तह ३ सातादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन

  • नागरिक रैबार
बाजुराका स्थानीय तह ३ सातादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन

नागरिक रैबार/बाजुरा २५ साउन।बाजुराका स्थानीय तह ३ सातादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेका छन् ।

गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्त सम्म पालिकाको काम सकेर यहाँका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरु विभिन्न कामको सिलसिलामा ३ सातादेखि जिल्ला बाहिर रहेका छन् ।

जिल्लाका ९ वटा स्थानीय तहमध्ये खप्तड क्षेडेदह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कृष्न पाध्याय बाहेक बडीमालिकाका बमबहादुर केशी, बुढीनन्दाका सन्तोष शाह, त्रिवेणीका चिरन्जिवि प्रसाद शाह, बुढीगंगाका नरेन्द्र नाथ, गौमुलका जगदिश प्रसाद भट्ट, स्वामीकार्तिक अमरबहादुर रोकाया, हिमालीका राजबहादुर भण्डारी र जगन्नाथ गाउँपालिकाका रविन्द्र बहादुर शाही जिल्ला बाहिर छन् ।

विज्ञापन

अहिले जिल्लाका कुनैपनि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भेटिदैनन् । स्थानीय तहहरु अहिले निमित्तको भरमा दिएर प्रमुख प्रशासकीय अधिकृतहरु कोही काठमाण्डौ, नेपालगंज, धनगढी, महेन्द्रनगर, विराटनगर डडेल्धुरा लगायतका जिल्ला बाहिर गएका छन् ।
साउन महिनाको अन्तिम सातासम्म पनि प्रमुख प्रशासकीय अधिकृतहरु कार्यक्षेत्रमा नआएपछि स्थानीय तहमा सेवा लिन जाने सेवाग्राहीहरु भने रित्तो हात घर फर्किने गरेका छन् ।

बाजुराको सदरमुकाम समेत रहेको बडीमालिका नगरपालिकामा सेवा लिन गएका अधिकाँस स्थानीयहरु प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नहुँदा सेवा नलिएर रित्तै हात घर फर्किनु परेको स्थानीय सुरेन्द्र लुहारले गुनासो गरेका छन् ।

सरकारले मनसुन अवधिभर प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्थानीय तह नछाड्न निर्देशन दिएको छ । तर यहाँका प्रमुख प्रशासकीय अधिकृतहरु भने मनसुन अवधिमा कार्यक्षेत्र छाडेर जिल्ला बाहिर छन् ।

वर्षातको समयमा फैलिन सक्ने महामारी तथा मनसुनजन्य विपद् व्यवस्थापनलाई मध्यनजर गरी मनसुन अवधिभर प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना प्रमुख प्रशासकीय अधिकृतले स्थानीय तह नछोड्ने व्यवस्थाका लागि गृह मन्त्रालयले गएको असार २५ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो ।

तर यसरी मनसुन अवधिमा जिल्लाका प्रमुख प्रशासकीय अधिकृत कार्यालय छाडेर विभिन्न बहानामा जिल्ला बाहिर गएपछि पालिकाका आर्थिक कारोबार बाहेकका सेवाहरु ठप्प भएका छन् ।

यता बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलका अनुसार जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई गृहमन्त्रालयको पत्राचार अनुसार निर्देशन गरिसकेको भएपनि अझै कार्यक्षेत्रमा आएका छैनन् । जिल्ला बाहिर रहेका प्रमुख प्रशासकीय अधिकृतहरु फोन सम्पर्कमा रहेकाले केहिदिन भित्रै कार्यक्षेत्रमा आईपुग्ने प्रजिअ पौडेले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार