होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • एमाले बाजुराले गर्याे बडा दशैकाे अवसरमा शुभकामना आदानप्रदान
Breaking News

एमाले बाजुराले गर्याे बडा दशैकाे अवसरमा शुभकामना आदानप्रदान

  • नागरिक रैबार
[sharethis-inline-buttons]
एमाले बाजुराले गर्याे बडा दशैकाे अवसरमा शुभकामना आदानप्रदान

नागरिक रैबार/बाजुरा २२ असाेज।नेकपा एमाले जिल्ला कमिटी बाजुराले बडा दशै तथा शुभदिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

मंगलबार मार्तडीमा एक औपचारिक कार्यक्रमका विच जिल्ला कमिटी बाजुराले बडा दशैं, शुभ दिपावली र छठ पर्वलाई सभ्य, भव्य र मर्यादित भएर मनाउन पार्टी मार्फत जिल्ला बासीलाई सन्देश दिन शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको पार्टी सचिव काँशी विकले बताएका छन् ।

बडीमालिका नगरपालिकाको हलमा आयोजना गरिएको कार्यक्रममा सहभागिहरु विच आपसमा शुभकामना आदानप्रदान समेत गरिएको नेकपा एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा रहेका थिए ।

विज्ञापन

कार्यक्रममा प्रमुख अतिथि लालबहादुर थापाले बडा दशै र तिहारलाई आपसी सद्भाव र आत्मियताका साथ मनाउन जिल्ला बासीलाई शुभकामना सन्देश दिदै आग्रह गरेका थिए । पार्टीका उपाध्यक्ष जनक कुमार बोहराले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव काँशी विकले गरेका थिए ।

कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश सदस्य गगन रावल, नेपाली काँग्रेसका प्रतिनिधि जनक थापा, नेकपा एस बाजुराका सचिव दिर्घराज पाध्याय, प्रेस चौतारी सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली, जिल्ला अध्यक्ष मदन विक, बडीमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्का, एमाले जिल्ला कमिटी सदस्यहरु, पार्टी निकट जनप्रतिनिधि, एमाले निकट भातृ संघ संगठनका प्रतिनिधि लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै