नागरिक रैबार/बाजुरा २४ माघ । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ का भुकम्प प्रभावित १ सय १५ परिवारलाई राहत वितरण गरिएको छ ।
नेपाल रेडक्रम सोसाइटी बाजुरा शाखासँगको सहकार्यमा वडा कार्यालयले वडाका भुकम्प प्रभावित १ सय १५ परिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन् ।
वडा अध्यक्ष रावतका अनुसार भुकम्पबाछ प्रभावित बनेका १९ जना वृद्धा महिलालाई जकेट, २० जनालाई म्याट र ७६ जनालाई त्रिपाल सहयोग गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटीले घर भत्केका, घर क्षति भएका र अन्य नोक्सानी बेहोरेका परिवारलाई राहत दिने गरेको छ । राहत स्वरुप प्रदान गरिएको सहयोग वडा कार्यालयमा औपचारिक कार्यक्रम सहीत वितरण गरिएको वडा सचिव रमेशबहादुर ओलीले बताएका छन् । चिसो माैसमलाइ लक्षित गरेर वडा कार्यालयको समन्वय नेपाल रेडक्रस सोसाइटीले सहयोग गरेपछि भुकम्प प्रभावित परिवारलाई सहज हुने भएको छ ।
फेसबुक प्रतिक्रियाहरु