होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाढी–पहिरो प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री
देश/प्रदेश

बाढी–पहिरो प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री

  • नागरिक रैबार
बाढी–पहिरो प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखक काभ्रेको बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा गएका छन् ।गृहमन्त्री लेखक सोमबार पनौती नगरपालिका–१२, बेथानचोक गाउँपालिका–४ लगायतका क्षेत्र पुगेका हुन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले राहत वितरणका साथै सडकको अवरोध हटाउने, खानेपानी, विद्युत लगायतका आधारभूत सेवा सञ्चालन गर्ने भएको बताए । लगत्तै पुनर्स्थापना तथा पुनर्निर्माणमा जु्ट्ने उनले बताए ।

उनले स्थानीय जनप्रतिनिधिहरुलाई पूर्ण रुपमा क्षतिग्रस्त भएका घरहरुको लाभग्राही पहिचान गरेर पठाउन आग्रह गरे । ‘यसरी आएको ३ दिनभित्र अस्थायी आवास बनाउन पहिलो किस्ता पठाउँछौं’, उनले भने, ‘खानाका लागि ५ जनासम्म सदस्य भएको परिवारलाई १५ हजार र बढी भए २० हजार रुपैयाँ पठाउँछौं ।’बाढी तथा पहिरोबाट नागरिकमा भएको पीडाप्रथि सरकार समेत रहेको समेत उनले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार