होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाउली खाेलाकाे काठेपुल बाढीले बगाएपछि आउजाउमा समस्या
समाचार

बाउली खाेलाकाे काठेपुल बाढीले बगाएपछि आउजाउमा समस्या

  • नागरिक रैबार
बाउली खाेलाकाे काठेपुल बाढीले बगाएपछि आउजाउमा समस्या

नागरिक रैबार/बाजुरा २२ असार। बाजुराकाे बडीमालिका नगरपालिका-८ र ९ मा पर्ने बाउली खाेलामा आएकाे बाढीले काठेपुल बगाउँदा स्थानीयलाई आवतजावतमा समस्या भएकाे छ ।

वर्षातकाे समयमा बडीमालिका-७ का सहित पुर्विउत्तरी क्षेत्रका स्थानीयकाे मुख्य पैदलमार्ग समेत रहेकाे बाउली खाेलाकाे काठेपुल बाढीले  बगाएपछि अहिले उक्त खाेला हुँदै आवतजावत गर्ने नागरिकहरूलाई समस्या भएकाे हाे ।

हिउँदकाे समयमा काेल्टी सम्म सवारी साधानबाट यात्रा गर्ने नागरिकहरू अहिले मार्तडी- काेल्टी सडक पहिराेका कारण अवरुद्घ भएपछि यहि काठेपुल हुँदै पैदलयात्रा गरिरहेका छन्  ।

विज्ञापन

गएकाे एक हप्तादेखि बाउली खाेलामा आएकाे बाढीले काठेपुल बगाएपछि साे पुलबाट ओहरदाेहर गर्ने स्थानीयहरू खाेलाबाट जाेखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

वर्षातकाे समयमा वर्षाैदेखि यहिपुलबाट मार्तडी बजारसम्म ओहरदाेहर गरिरहेका बडीमालिका-९ अनाईका प्रकाश चंदारा भन्छन् हाम्रा लागि याे पुल बगेपछि ५ मिनेटमा घर पुग्ने बाटाे आधा घण्टा लगाएर द्वारीकाे पुलबाट हिड्न बाध्य छाैं, तर याे पुल बगाएकाे हप्तादिन भईसक्दा समेत सम्बन्धित निकायले चासाे दिएकाे उनले गुनासाे गरेका छन् ।

काठेपुल बगेपछि नयाँ बनाउनका लागि बडीमालिका नगरपालिकालाई निवेदन दिएकाे भएपनि अहिलेसम्म सुनुवाइ नभएकाे स्थानीयहरूकाे गुनासाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै