होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • वर्षा रोकिएपछि ३ लाख ८० हजार मानिस उपत्यकाबाट बाहिरिए
देश/प्रदेश

वर्षा रोकिएपछि ३ लाख ८० हजार मानिस उपत्यकाबाट बाहिरिए

  • नागरिक रैबार
वर्षा रोकिएपछि ३ लाख ८० हजार मानिस उपत्यकाबाट बाहिरिए

काठमाडौँ । असोज ११ र १२ मा आएको अविरल वर्षापछि सडक अवरुद्ध हुँदा दसैँ मनाउन पुर्ख्यौली थातथलोमा फर्किन खोज्नेहरू काठमाडौँ उपत्यकामै रोकिन बाध्य भएका छन् । वर्षा रोकिएपछि असोज १४ देखि आजसम्म ३ लाख ८० हजार मानिसले उपत्यका छाडेका छन् ।

पछिल्लो एक हप्तामा ३ लाख ८० हजार १६४ जना मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीले रातोपाटीलाई बताए । असोज १९ गते साँझ ६ बजेबाट आइतबार बिहान ६ बजेसम्म जम्मा १६ हजार ४६५ जना बाहिरिएका छन् ।

सो अवधिमा ७ हजार १८ जना उपत्यकामा भित्रिएका छन् । असोज १४ पछि २ लाख ६० हजार ६२९ जना उपत्यका भित्रिएका छन् । उपत्यका भित्रिन चाहने करिब ५ सय सवारी साधनमा कभ्रेपलाञ्चोकको रोशीखोलामा रोकिएका छन् ।

विज्ञापन

काठमाडौँ उपत्यका बाहिरिने मुख्य नाका नागढुंगामा सवारी आउने र जाने चाप बढेको छ । भक्तपुरको जगातेबाट दोलालबाट र काभ्रेको भकुन्डेतर्फ जाने सवारी मात्रै छुटेका छन् ।

वीपी राजमार्ग अवरुद्ध भएको हुनाले जगातेबाट थोरै सङ्ख्यामा सवारी बाहिरिने गरेको डीएसपी कार्कीले जानकारी दिए । चित्लाङ र रामकोट तर्फबाट साना सवारी साधन बाहिरिएका छन् ।दक्षिणकालीस्थित फर्पिङको सडक अवरुद्ध हुँदा त्यसतर्फ सवारी आवागमन रोकिएको छ । टोखाबाट नुवाकोटतर्फ जाने नाका निर्बाध रुपमा चलिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार