होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । माधब नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी पनि सरकारमा जाने भएको भएको छ । पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको हो । गठबन्धनमा सो पार्टीको भागमा २ वटा मन्त्रालय परेको छ ।
बाजुराको बुढीगंगा नगरपालिकाले पालिकामा कार्यरत करार, ज्यालादारी र अस्थायी रूपमा कार्यरत कर्मचारीहरूको करार अवधि थप नगर्ने निर्णय गरेको छ । नगरपालिकामा बिहीबार बसेको ४९औं कार्यपालिका बैठकले हाल कार्यरत करिब एक सयभन्दा बढी अस्थायी कर्मचारीलाई कार्तिक १ गतेदेखि काममा नलगाउने निर्णय गरेको नगरप्रवक्ता हेरमाराज जैशीले जानकारी दिएका छन् । संघीय तथा प्रदेश सरकारले जारी गरेको ऐनअनुसार […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तेस्रो दिनको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको जावलाखेलमा जारी बैठकमा नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्न थालेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बिहीबार दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले आफ्ना धारणा र सुझाव […]
काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएकी छन् । शुक्रबार अध्यक्ष ओलीको विशेष प्रतिवेदनमाथि धारणा राख्ने क्रममा तिम्सिनाले नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन भएको भन्दै त्यसका लागि एमालेको पनि पुनर्गठन महत्त्वपूर्ण भइसकेको बताएकी छन् । ‘कांग्रेसमा त्यो सुरु भइसक्यो’, […]
हुम्लाबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस बाजुराको जगन्नाथ गाउँपालिका–३, बेर्मा नजिकैको भलिया बगरमा दुर्घटनामा परेको छ। हुम्लाबाट सुर्खेत तर्फ जाँदै गरेकाे कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरकाे बस बिहिवार दिउसाे दुर्घटनामा परेकाे हाे । घटनामा तीन जना यात्रु घाइते भएका छन्। घाइतेहरूमा मुगुका १८ वर्षीय विशाल बिक, दैलेखकी दिपा सोनाम, र ४५ वर्षीया प्रेमकला दमाई […]
जेनजी आन्दोलनपछि नेतृत्वसहित पार्टी पुनर्गठनको माग चर्किएको कांग्रेसमा सभापति शेरबहादुर देउवाले सक्रिय पदबाट बिदा लिएका छन् । उनले मंगलबारको केन्द्रीय कार्यसमिति बैठकबाट उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गरेसँगै देउवा अब कांग्रेसको अभिभावकीय भूमिकामा पुगेका छन् । विधान अनुसार नयाँ महाधिवेशनबाट यत्तिकै पनि देउवा तेस्रो कार्यकालका लागि सभापतिमा उठ्न पाउँदैनथे । स्वत: नेतृत्व हस्तान्तरण […]
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीबाट कुटिएपछि सार्वजनिक नभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि आज सार्वजनिक हुँदै छन् । आज दिउँसो १ बजे पार्टी कार्यालयमा बस्न लागेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवा उपस्थित हुने कांग्रेस नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरु यो बैठकमा […]
फेसबुक प्रतिक्रियाहरु