काठमाडौं- नयाँ बनेको सत्ता गठबन्धनले १९ मन्त्रालयको टुङ्गो लगाएको छ । अब २ राज्यमन्त्री सहित ६ मन्त्रालय टुङ्ग्याउन भने बाँकी नै छ ।
चार दलीय गठबन्धनले नेकपा एमालेलाई ८, नेकपा माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ४ र जसपालाई २ मन्त्रालय दिने निर्णय गरेको छ ।
हालसम्म माओवादीबाट अर्थमन्त्रीमा वर्षमान पुन र परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठको नाम तय भइसकेको छ । यस्तै, रास्वपाबाट गृहमा रवि लामिछानेलाई जिम्मेवारी दिइएको छ ।
नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट जाने अन्य तीन जनामा उपसभापति डीपी अर्यालले श्रममन्त्री, विराजभक्त श्रेष्ठले खेलकुदमन्त्री र सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षामन्त्री बन्ने भएका छन् ।
नेकपा एमालेले रघुवीर महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री बनाउने भएको छ । उनकै नेतृत्वमा एमाले नयाँ सरकारमा जाने बुझिएको छ ।
एमालेले ८ मन्त्रालय पाउने तय भएपनि अहिलेसम्म २ मन्त्रीको नाम मात्रै टुङ्गो लगाएको छ भने मन्त्रीको सपथ लिइसकेका पदम गिरीको जिम्मेवारी अझै टुङ्गो लागेको छैन ।जसपाले पनि अझै मन्त्रीहरुको नाम तय गर्न सकेको छैन ।
फेसबुक प्रतिक्रियाहरु