होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हुम्लामा जिप दुर्घटना २ जनाको मृत्यु
समाचार

हुम्लामा जिप दुर्घटना २ जनाको मृत्यु

  • नागरिक रैबार
हुम्लामा जिप दुर्घटना २ जनाको मृत्यु

वीरेन्द्रनगर — हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२० राँजा बस्ने ४९ वर्षीया विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका-६ का ५ वर्षीय अभिषेक बुढा रहेका छन् । बुढा विष्णुसँग नेपालगन्ज मामा घर दसैं मान्न जान लागेका थिए ।

हुम्लाको ताजाँकोट गाउँपालिका-२ पुइमामा शनिबार जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । दिउँसो कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिकाको सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले बताए ।

गियर बक्स बिग्रेर रोकेको अवस्थामा सडकबाट ब्याक भई जिप ३०० मिटर तल खसेर दुर्घटनामा परेको उनले बताए । जिपमा चालकसहित ७ जना सवार थिए । गियर बक्स बिग्रेपछि पाँच जना गाडीबाट झरेका थिए । तर, दुईजना गाडीमै थिए । अचानक गाडी ब्याक भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै