होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १९, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित पक्राउ
देश/प्रदेश

रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित पक्राउ

  • नागरिक रैबार
रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित पक्राउ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै गर्दा सहकारी पीडितहरूले प्रदर्शन गरेका थिए। उक्त कार्यक्रममा चितवन साहारा सहकारीका पीडितहरू ब्यानरसहित नारा लगाउँदै कार्यक्रम स्थल आउने क्रममा नारायणगढको लायन्स चोकमा प्रहरीले तितर-वितर पारेको थियो।

त्यसपछि पनि कार्यक्रमस्थल पुगेका सहकारी पीडितहरू कार्यक्रमस्थल बाहिरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। सहकारी पीडितहरूले भने आफूहरूले शान्तिपूर्ण प्रदर्शन र ज्ञापन पत्र बुझाउन खोज्दा कार्यक्रमस्थलबाटै आफूहरूमाथि ढुङ्गा प्रहार भएको दाबी गरेका छन्।

विज्ञापन

साहारा सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले आफ्नो समस्याका बारेमा लामिछानेलाई जानकारी गराउन खोज्दा उल्टै हस्तक्षेप गरिएको जिकिर गरे। साहारा सहकारी बाट गोर्खा मिडियामा गएको ६५ करोड के हो? १५ प्रतिशतको तपाईँ भागिदार हुनेको नहुने विषयमा कुरा गर्न आउँदा भित्रबाट एक्कासी पीडितमाथि ढुंगा र बोतल प्रहार भएको दुवाडीले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै