होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २३, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले गरे जगन्नाथ अस्पतालको उद्घाटन
Breaking News

पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले गरे जगन्नाथ अस्पतालको उद्घाटन

  • नागरिक रैबार
पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले गरे जगन्नाथ अस्पतालको उद्घाटन

नागरिक रैबार। पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जगन्नाथ गाउँपालिकामा निर्माण भएको १० शैया अस्पतालको उद्घाटन गरेका छन् ।  ११ करोड ७६ लाखको लागतमा निर्माण गरिएको भवनको शुक्रबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

गएको वर्ष निर्माण कार्य सम्पन्न गरिएको भवन देशभरकै २६ औं स्थानमा उद्घाटन गरिएको पालिका अध्यक्ष कालीबहादुर शाहीले बताएका छन् । तत्कालिन नेकपा नेतृत्वको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरकै ७ सय ५३ वटा स्थानीय तहमा पालिका अस्पताल निर्माणको शिलान्यास गरेका थिए ।

शिलान्यास गरेको ४ वर्षको अवधी निर्माण सम्पन्न गरिएको अस्पतालले सेवा सञ्चालन गरेको वर्षदिन पुरा भइसकेको छ । १० शैयाको अस्पताल समयमै निर्माण कार्य सम्पन्न भइ सेवा प्रवाह समेत गर्दै आएको गाउँपालिकाका प्रवक्ता गणेश बहादुर गिरीले जानकारी दिएका छन् ।

विज्ञापन

पालिकाका स्थानीयलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि अस्पताल सञ्चालनमा ल्याएको हो । चिकित्सक सहीतको स्वास्थ्य उपचार सेवा अस्पतालले दिइरहेको छ । भवनको उद्घाटन गर्दै एमालेका केन्द्रिय उपमहासचिव समेत रहेका ज्ञवालीले दुर्गममा सुविधासम्पन्न सहीतको अस्पताल निर्माण हुनु जनताका लागि सुखद सन्देश रहेको बताएका छन् ।

गाउँमै चिकित्सक सेवा पाउने अधिकारको ग्यारेन्टी ओली सरकारले नै गरेकोले वर्तमान ओली नेतृत्वको सरकारपनि जनताको पक्षमा रहेको दाबी गरेका छन् । भूगोलबाट दुर्गम भएपनि सेवा र सुविधाबाट सुगम बनाउन सके जनताका लागि धेरै सहन हुने ज्ञवालीको भनाई छ ।

औपचारिक कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ज्ञवालीले ओली सपना नै देश र जनताको सपना भएकोले ढिलो चाँडो पुरा भएरै छोड्ने बताएका छन् । गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, सहदेव बोगटी, एमाले जिल्ला अध्यक्ष लालबहादुर ओली, एमाले नेता रंगमान शाही, चर्तुभुज शाही, मनबहादुर विष्ट, जनक बोहरा सहीत सहभागि थिए ।

कार्यक्रमको सञ्चालन लक्ष्मण जोशीले गरेका हुन् । उद्घाटन समारोहलाई पालिकाले भव्य बनाएको थियो । गुरुमन्त्र सहीत गृह प्रवेशको विधी अनपाइएको थियो । अस्पताल भवनको माथिल्लो तलामा पालिका भवन र जमिनको तलामा अस्पताल सञ्चालन भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार