होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमको पर्यटन विकासमा सरकार गम्भीर छ : मन्त्री पाण्डे
राजनीति

सुदूरपश्चिमको पर्यटन विकासमा सरकार गम्भीर छ : मन्त्री पाण्डे

  • नागरिक रैबार
सुदूरपश्चिमको पर्यटन विकासमा सरकार गम्भीर छ : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् ।

बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले सुदूरपश्चिम पर्यटकीय आकर्षणको केन्द्र भएपनि राज्यबाट पछि परेको बताए ।

उनले भने, ‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ । तर पनि राज्यबाट पछि परेको छ । मानव विकास सूचकाङ्कका दृष्टिकोणले समेत पछाडि परेको छ । सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको विकास लागि राजनीति दल सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने छ ।’

विज्ञापन

मन्त्री पाण्डेले नेपालमा पाँचसय भन्दा बढी पर्व र १३१ वटा भाषा भएको उल्लेख गरे । उनले भाषा सभ्यता, संस्कृति, भेसभुसा र पर्यटकीय दृष्टिकोणले मुलुक धनी भएको बताए ।

संस्कृति र पर्यटनलाई चलायमान बनाउने र त्यसलाई सुनिश्चित बनाउनका लागि नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन सकेमा देशमा आर्थिक वृद्धि हुने उल्लेख गरे । उनले मन्त्रालयको समग्र विषयवस्तु बुझिसकेको र अब प्राथमिकताका आधारमा अघि बढ्ने समेत बताए । रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार