होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज १८, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • चाडपर्व सुरु भएसँगै दैनिक एक हजारको संख्यामा परदेशीहरु घर फर्किन थाले
देश/प्रदेश

चाडपर्व सुरु भएसँगै दैनिक एक हजारको संख्यामा परदेशीहरु घर फर्किन थाले

  • नागरिक रैबार
चाडपर्व सुरु भएसँगै दैनिक एक हजारको संख्यामा परदेशीहरु घर फर्किन थाले

धनगढीः हिन्दुहरुको महान चाड बडा दशैं हिजो (विहिबार) देखि सुरु भएको छ।महान चाड बडा दशै, तिहार र छठपर्व मनाउन यतिबेला नेपाल–भारत सीमा नाका भएर ठूलो संख्यामा परदेशीहरु घर फर्किन थालेका छन्। भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको गौरीफन्टा, गड्डाचौकी, झुलाघाट, पुलघाट, जोलाजिमी खकरुला हुँदै घर फर्किनेको संख्या बढ्दै गएको छ। यी नाका भएर दैनिक एक हजारको संख्यामा परदेशीहरु घर फर्किरहेका छन्।

चाडपर्वको समयमा भारतबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किने भएकाले दुवै देशका सुरक्षाकर्मीले आवागमनमा सहजीकरण गर्ने सहमति समेत भएको छ। यस्तो सहमति नेपाल–भारत सीमा सुरक्षाअधिकारीहरुबिच भएको हो। तर, अहिले पनि आवागमनमा सास्ती भने कायमै छ। ठाउँठाउँमा हुने चेकजाँचका कारण श्रमिकले अनावश्यक झनझटको सामाना गर्नुपरिरहेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले विगतको भन्दा आवागमनमा सहजता भएको भएको बताएका छन्। नाकामा बस्ने उत्तर प्रदेश प्रहरीको खासै केही भूमिका नहुने उनले बताए। एसएसबीले पूर्ण रूपमा सहजीकरण गरिरहेको उनको तर्क छ। सीमा सुरक्षा र भन्सार सुरक्षाका कारण सीमाका ठाउँठाउँमा चेक पोस्ट राखिएको छ।

विज्ञापन

सशस्त्रले त्रिनगर भन्सारको सीमा प्रारम्भ भएको स्थानमा, मोहना पुलमा र पुलवारी गरी तीन ठाउँमा पोस्ट राखेको छ। पहिलो पोस्ट सीमा सुरक्षाको लागि हो। त्यहाँ प्रतिबन्ध लगाइएका वस्तुको आयात रोक्न चेकजाँच हुन्छ। मोहना पुलमा रहेको टोलीले भन्सारकर्मीलाई सघाउने काम गर्दै आएको छ।

पुलवारीको पोस्टले भने भन्सार सुरक्षाको काम गर्छ, जहाँ भन्सार छलीका सामानको आयात रोक्ने काम हुँदै आएको छ। हिजो मात्र गड्डाचौकी नाका भएर तीन सय ७, झुलाघाट ३५, गौरीफन्टा तीन सय ६५, पुलघाट ३०, खकरुला हेल्थ डेस्क ७६ गरेर ठुलो संख्यामा भारतका विभिन्न सहरबाट परदेशीहरु घर फर्किएका छन्। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै