होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडी बजारमा राति अवेर सम्म तीजको रमझम हुँदै
समाचार

मार्तडी बजारमा राति अवेर सम्म तीजको रमझम हुँदै

  • नागरिक रैबार
मार्तडी बजारमा राति अवेर सम्म तीजको रमझम हुँदै

नागरिक रैबार/बाजुरा १९ भदौ । नेपाली हिन्दु नारिहरुको महान पर्व हरितालिका तीजको रमझमले मार्तडी बजार तातेको छ । तीज आउन २ दिन बाँकी रहेपनि मार्तडी बजार भने हप्तादिन देखि तीजको रमझमले तातेको देखिन्छन् । यस वर्ष हरितालिका तीज भदाै २१ गते परेको छ ।

मार्तडी बजारभित्रका प्रत्येक गल्लीमा हप्तादिन देखि साँझपख तीजका गीतहरु घन्किरहेका सुनिन्छन् । ठुलो आवाजमा तीजका गीतहरु बजाएर यहाँका महिलाहरु गीतसंगै नाचेर रमाईलो गरिरहेका छन् ।

तीज नजिकिएसँगै महिलाहरू रातो सारीसहित गरगहना पहिरिएर दर खान हिँडेका देखिन्छन् । तीजकै अवसरमा मार्तडी बजारभित्रका सार्वजनिक ठाउँ र होटलहरु समेत दर खानका लागि प्याक भएका छन् भने बजारभित्र व्यापार व्यवसाय समेत फस्टाएको छ । तीजको अवसर पारी विभिन्न महिलाहरुका समूहले आ-आफ्नै तरिकाले तीज विशेष कार्यक्रमको समेत आयोजना गरिरहेका छन् ।

विज्ञापन

जिल्लाका शहर एरियातिर बस्ने महिलाहरुलाई तीजले यतिबेला छपक्कै छोपेको छ । पछिल्लो समय तीज खर्चिलो र भड्कीलो बन्ने गरेको छ । बाजुरामा कतिपय सम्पन्न महिलाहरुका लागि भने तीज गहना प्रर्दशन गर्ने पर्वका रुपमा समेत चिनिन थालेको छ ।
पछिल्ला वर्षहरुमा तीजको दरकै नाममा महिलाहरुले मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको समेत भेटिन थालेको स्थानीयहरु बताउँछन् ।

तीज महिलाहरुको पर्व हो । तर अचेल पुरुषहरूले पनि तीज मनाउन थालेका छन् भने मार्तडी बजारभित्रका कतिपय ठाउँमा त महिलाहरू नाँचिरहको ठाउँमा गएर पुरुषहरू पनि मस्त नाचिरहेका देखिन्छन् । जसका कारण तीज पर्वको परम्परा र महत्व नै मेटिँदै गएको छ ।

मार्तडी बजारमा राति अवेरसम्म तीजको रमझम हुँदा समेत सरोकारवाला निकाय मौन
यतिबेला महिलाहरुमा तीजको रौनक छ, तीजकै अवसरमा हप्तादिनदेखि मार्तडी बजारमा राती अवेरसम्म तीजको रमझम हुन् थालेको छ । वर्षातको समयमा तीज पर्व त्यसैमा रुझ्दै भिज्दै भएपनि महिलाहरुको उत्साह भने झन् बढ्दो छ । तीजका नाममा बजारमा जथाभावी रुपमा ठुलो साउण्डमा डिजे बजाएर अरुलाई डिस्टर्व हुने गरि नाजगान भईरहेको छ ।

राति १ बजेसम्म साउण्ड बजेको ठाउँमा जम्मा हुने महिला र पुरुषको संख्या पनि जति राति भयो त्यती बढ्ने गरेको छ । राती अवेर सम्म तीजका नाममा रमझम हुँदा अनैतिक क्रियाकलाप हुन् सक्ने खतरा समेत बढेको छ । तर सम्वन्धित निकाय भने मौन भएको देखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार