होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • अनेमसंघ बाजुराले मनायो तीज विशेष कार्यक्रम
Breaking News

अनेमसंघ बाजुराले मनायो तीज विशेष कार्यक्रम

  • नागरिक रैबार
अनेमसंघ बाजुराले मनायो तीज विशेष कार्यक्रम

नागरिक रैबार/बाजुरा १९ भदौ । नेकपा एमाले निकट अखिल नेपा महिला संघ बाजुराले तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । अनेमसंघ बाजुराले पार्टीमा आवद्ध महिलाहरुको सहभागितामा तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको हो ।

नेपाली नारीहरुको महान पर्वका रुपमा रहेको तीज पर्वको अवसर पारेर अनेमसंघ बाजुराले बुधबार सदरमुकाम मार्तडीको जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कोपिला सिंहले बताएकी छन् ।

तीज विशेष कार्यक्रममा एमाले नेताहरु समेत सहभागि भएका थिए । कार्यक्रममा महिलाहरुले नाचगान गर्नुका साथै शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

विज्ञापन

अनेमसंघ बाजुराकी अध्यक्ष कोपीला सिंहको अध्यक्षतामा आयोजना गरिएको तीज बिशेष कार्यक्रमको सञ्चालन सचिव देबु खातीले गरेकी थिइन भने कार्यक्रमको प्रमुख अतिथी नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओली रहेका थिए। कार्यक्रममा पार्टी सचिव काशी विक, सचिवालय सदस्य तुलसीराम रोकाय सहीतका नेताहरु पनि तीज बिशेष कार्यक्रमका सहभागि थिए ।

तीज विशेष कार्यक्रममा नाचगान सहीत दर खानेकार्यक्रम पनि आयोजना गरिएको थियो । सामुहीक भेटघाट र आपसी सहकार्यका लागि कार्यक्रम आयोजना गरिएको हो ।  कार्यक्रममा सहभागि महिलाहरुले नाचगान सहीत दर समेत खाएकी छन  सामुहीक भेटघाट र आपसी सहकार्यका लागि कार्यक्रम आयोजना गरिएको थियो ।

नेकपा एमालेको जनसंगठन अनेमसंघले हरेक वर्ष तीज बिशेष कार्यक्रम गर्ने गरेको छ । महिलाहरु बीचको आपसी सहकार्य, सद्भाव र हार्दिकताका लागि हरेक वर्ष आयोजना गर्ने गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार