होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • बजार
  • स्वामीकार्तिकमा फलेको स्याउ बजारीकरणका लागि ढुवानी गरिदै
बजार

स्वामीकार्तिकमा फलेको स्याउ बजारीकरणका लागि ढुवानी गरिदै

  • नागरिक रैबार
स्वामीकार्तिकमा फलेको स्याउ बजारीकरणका लागि ढुवानी गरिदै

नागरिक रैबार/बाजुरा १९ भदौ।बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न वडामा फलेको स्याउ बजारीकरणका लागि ढुवानी गरिन थालेको छ । गाउँपालिकाका विभिन्न गाउँमा फलेको स्याउ बजारीकरणका लागि ट्याक्टर मार्फत पिलुचौर सम्म ढुवानि भईरहेको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् ।

गाउँपालिका अध्यक्ष रोकायाका अनुसार गाउँपालिकाका विभिन्न गाउँमा फलेको स्याउ बारीबाट ट्याक्टरमा पिलुचौर ढुवानी भईरहेको र पिलुचौरबाट कर्णाली करिडोर हुँदै बजारीकरणका लागि ट्रक मार्फत स्याउ सुर्खेत, नेपालगंज, धनगढी लगायतका शहरहरूमा निर्यात भईरहेको छ ।

May be an image of 3 people and text

विज्ञापन

यो समाचार तयार पार्दासम्म स्वामिकार्तिक खापर गाउँपालिकाका कृषकहरुको बारीमा फलेको १४ ट्रक स्याउ बजारीकरणका जिल्ला बारिहका लागि निर्यात भईसकेको गाउँपालिकाले जनाएको छ ।

स्याउ उत्पादनका लागि बाजुराको स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिका पकेट क्षेत्रका रुपमा मानिदै आएको छ । वर्षेनी कृषकहरुको बारीमा लटरम्म स्याउ फल्छ, तर समयमै स्याउको ढुवानी हुन् नसक्दा बारीमै कुहिएर खेर जाने गर्दछ ।

May be an image of shadbush and stone-fruit treeयस वर्ष स्वामीकार्तिकमा फलेको स्याउ बजारीकरणका लागि गाउँपालिकाले कार्टुन सहयोग गरेको छ । यता कृषि ज्ञान केन्द्रले भने प्रदेशबाट स्याउ ढुवानीका लागि बजेटको व्यवस्थापन नहुँदा समस्या भएको बताएको छ । बजेट व्यवस्थापन र सडक खुल्ने वित्तिकै स्याउ ढुवानी गरेर जिल्ला बाहिर निर्यात गर्ने कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख भुमिराज उपाध्यायले बताएका छन् ।

May be an image of 1 person, jeep and tree

स्वामीकार्तिक खापर गाउँपालिकामा फलेको स्याउ ढुवानी भईरहेको बेला बुढीनन्दा नगरपालिका र जगन्नाथमा फलेको स्याउ भने ढुवानी हुन् सकेको छैन् ।

मार्तडी कोल्टी सडक अवरुद्ध भएकै कारण बुढीनन्दा नगरपालिकामा फलेको स्याउ बारीमै थन्किएको छ । स्याउ पाकेर झर्न थालिसक्यो नत यहाँको सडक बनेको छ, नत स्याउ ढुवानीका लागि कसैबाट सहयोग मिलेको छ बुढीनन्दा नगरपालिका ९ अगाउँपानीका उज्जवल रावतले गुनासो गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार