होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ : महामन्त्री थापा
देश/प्रदेश

जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ : महामन्त्री थापा

  • नागरिक रैबार
जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा विधेयकमा प्रस्तावित जिल्ला शिक्षा कार्यालय रहने व्यवस्था हटाउन माग गरेका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक २०८० मा परेको संशोधनबारे छलफल गरिरहेको छ ।संशोधनकर्तामध्ये एक कांग्रेस सांसद थापाले प्रस्तावित जिल्ला शिक्षा कार्यालयलाई संविधानले नै नचिन्ने बताए । उनले भने, ‘जिल्ला शिक्षा कार्यालय पूरै हटाउनुपर्छ । किनभने हाम्रो संविधानले यसलाई मान्दैन ।’

उनले शैक्षिक गुणस्तर परीक्षण केन्द्रलाई प्राधिकरण बनाउनुपर्नेमा जोड दिए । ‘शिक्षकहरुको प्रतिष्ठा बढाउने, सेवा सुविधा बढाउने कुरा खुलेर गरौं’, उनले अगाडि भने, ‘राहत लगायतका कुरा खुला राखेका छौं, खुला राखेर एक पटक प्रतिष्पर्धा गर्ने मौका दिऊँ ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार