होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • कर्मचारी युनियन बाजुराद्धारा बिरामीलाई फलफुल वितरण
राजनीति

कर्मचारी युनियन बाजुराद्धारा बिरामीलाई फलफुल वितरण

  • नागरिक रैबार
कर्मचारी युनियन बाजुराद्धारा बिरामीलाई फलफुल वितरण

बाजुरा १९भदौ । नेपाल कर्मचारी युनियन बाजुराले स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका विरामीहरुलाई फलफुल वितरण गरि दिवस मनाएको छ ।

कर्मचारी य’नियन बाजुराले २८ औं स्थापना दिवसको अवसरमा अस्पतालमा उपचाररत विरामीहरुलाई फलफ”ल वितरण गरि स्थापना दिवस मनाईएको हो । बुधबार विहान एक औपचारिक कार्यक्रमको आयोजना गरि बिरामीहरुलाई फलफुल वितरण गरिएको कर्मचारी य’नियन बाजुराका सदस्य मोहनराज पण्डितले बताएका छन् ।

बिरामीहरुको स्वास्थ्य लाभको कामना सहित बिरामीलाई हौसला प्रदान गर्नको लागी स्याउ र केरा वितरण गरिएको उनले जानकारी दिएका छन् । जिल्ला अस्पताल बाजुरामा उपचाररत करिब २६ जना भन्दा बढि बिरामीलाई फलफुल वितरण गरिएको उनले बताएका छन् ।

विज्ञापन

नेपाली काँग्रेस बाजुरा पाटी सभापती रामसिंह रावल सहितको सहभागितामा स्थापना दिवसको अवसरमा फलफ”ल वितरण गरिएको नेपाल कर्मचारी युनियन बाजुराले जनाएको छ ।

फलफुल वितरण कार्यक्रममा नेपाली काँग्रेस बडीमालिका नगर सभापती गोपाल कार्की, वडा सभापती विरबहादुर थापा, वडा सदस्य पार्वती जोशी, नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य भरत बुढा, नेविसंघ बाजुराका अध्यक्ष जनक थापा लगायत भातृ एवम् शुभेच्छुक संस्थाका प्रतिनिधीकोहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार