होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह बने चौथो मुख्यमन्त्री
प्रदेश ७

सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह बने चौथो मुख्यमन्त्री

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह बने चौथो मुख्यमन्त्री

धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाह नियुक्त भएका छन् । नेकपा एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा दावी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

Tata
Folliderm
शाहको मुख्यमन्त्रीमा यो दोस्रो कार्यकाल हो । उनी सुदूरपश्चिमको चौथौं मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन् । प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा माओवादीका त्रिलोचन भट्ट पुरै कार्यकाल मुख्यमन्त्री भए । उनले पाँच वर्ष स्थिर सरकार चलाए ।

Shivam Cement
प्रदेश नेतृत्वको दोस्रो कार्यकाल पनि अस्थिर बन्यो । २०७९ पौष २७ गते एमाले, माओवादी, नागरिक उन्मुक्तिको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भए ।

विज्ञापन

Nabil bank
उनीसँगै एमालेकै सन्तोष शर्मा थापा र माओवादीका खगराज भट्ट बिना विभागीय मन्त्री बनेका थिए । तर रावल नेतृत्वको सरकार एक महिनाभन्दा बढी टिक्न सकेन । उनले विश्वासको मत नपाएपछि सरकार ढलेको थियो ।

रावलपछि प्रदेशसभाको ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भए । उनीसँगै काङ्ग्रेसकै प्रकाश देउवाले भौतिक पूर्वाधार विकास मन्त्री र एकीकृत समाजवादीका नरेश शाहीले आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाए ।

त्यसपछि बनेको कांग्रेस, माओवादी, समाजवादी सहितको गठबन्धनबाट माओवादीका झपट साउँदले सामाजिक विकास मन्त्रालय र रमेश धामीले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाले भने माओवादीकै गीता माल राज्यमन्त्री बनिन् ।

सोही दिन कांग्रेसका पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानुन मन्त्री बने । सिंहको सडक दुर्घटनामा परी निधन भएपछि उनको ठाउँमा काङ्ग्रेसकै शिवराज भट्ट मन्त्री बने । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी तथा राज्यमन्त्रीमा उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भए ।

केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि यहाँको सरकारमा पनि समानान्तर प्रभाव परयो । कांग्रेस बाहिरिएर एमाले भित्रिँदा यता प्रदेशमा कांग्रेस नेतृत्वको मुख्यमन्त्री पद जोखिममा परेको थियो । एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि पनि एक महिनासम्म सरकार जोगाउने उनले ठुलै कसरत गरे ।

त्यसपछि सुदूरपश्चिम प्रदेशको सत्ता टिकाउन नागरिक उन्मुक्तिबाट कैलाश चौधरीलाई हटाएर राज्यमन्त्रीमा इन्दिरा गिरीलाई नियुक्त गरियो । नागरिक उन्मुक्तिकै घनश्याम चौधरी, लक्ष्मण चौधरी र खुसीराम चौधरी क्रमशः आर्थिक मामिला, सामाजिक विकास र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भए ।

तर मुख्यमन्त्री भएको १४ महिनापछि चैत्र २२ गते शाहले राजीनामा दिए । शाहपछि एमाले, माओवादी, उन्मुक्तिका दुई सांसद तथा स्वतन्त्र सांसदको समर्थनमा वैशाख ६ गते नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्रीमा नियुक्त भए ।

केन्द्रमा असार १७ गते एमाले र कांग्रेसबिच राजनीतिक समझदारी भएपछि सोडारी नेतृत्वको सरकार अल्पमत पर्यो र अन्ततः उनले साउन १८ गते राजीनामा दिए । त्यसपछि आज कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

kamal-shah

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार