होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
देश/प्रदेश

काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

  • नागरिक रैबार
काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौँ —काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भएको उपचुनावको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । निर्वाचन आयोगका अनुसार  राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी हुन् ।

दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २ सय १८ मत प्राप्त गरे । त्यस्तै २ हजार २ सय २ मतसहित कांग्रेसका देवेन्द्र पाठक तेस्रो स्थानमा रहे । नेकपा एकीकृत समाजवादी का मीनबहादुर मानन्धरले ६५१ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्यामकृष्ण श्रेष्ठले ७७४ मत पाए । काठमाडौं-१६ मा १० हजार ५ सय ५८ मत खसेको थियो भने १ सय ८० मत बदर भएको छ ।

२०७९ को स्थानीय चुनावमा कांग्रेसबाट वडाध्यक्षमा विजयी मुकुन्द रिजालको मृत्यु भएपछि काठमाडौं-१६ मा उपनिर्वाचन भएको हो । ०७९ को निर्वाचनमा रिजाल ४ हजार १८ मतसहित विजयी भएका थिए । त्यस्तै एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार १ सय १० मत ल्याएका थिए

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १७ घन्टा अगाडि