होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज १८, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रपति रामचन्द्र पौडेल बाजुरा आउने कार्यक्रम स्थगित
देश/प्रदेश

राष्ट्रपति रामचन्द्र पौडेल बाजुरा आउने कार्यक्रम स्थगित

  • नागरिक रैबार
राष्ट्रपति रामचन्द्र पौडेल बाजुरा आउने कार्यक्रम स्थगित

नागरिक रैबार/बाजुरा १६ असोज।अविरल वर्षासंगै बाढीपहिरो आउने क्रम देशभर जारी भएपछि राष्ट्रपति रामचन्द्र पौडेल बाजुरा आउने कार्यक्रम स्थगित भएको छ । पुर्व निर्धारित समय अनुसार असोज २१ गतेका लागि तय गरिएको राष्ट्रपति पौडेलको बाजुरा आउने कार्यक्रम स्थगित भएको हो ।

बडीमालिका मन्दिरको अवलोकन र नाटेश्वरी मन्दिरको समुद्घाटनका लागि राष्ट्रपति पौडेल असोज २१ गते बाजुरा आउने गरी त्रिवेणी नगरपालिकाले कार्यक्रमको तयारी गरेको थियो ।

देशमा केहिदिन यताको अविरल वर्षासंगै आएको बाढीले जनधनको ठुलो क्षति भएकोले र अझैपनि बाढीपहिरो आउने क्रम जारी रहेकोले  राष्ट्रपति पौडेलेको असोज २१ गतेको बाजुरा आउने कार्यक्रम स्थगित भएको त्रिवेणी नगरपालिकाका नगरप्रमुखका स्वकीय खेमराज गिरीले सामाजिक संजाल फेसवुक मार्फत जानकारी गराएका छन् ।

विज्ञापन

राष्ट्रपति पौडेलद्धारा असोज २१ गतेका दिन गरिने बडीमालिका मन्दिरको दर्शन र नाटेश्वरी मन्दिरको समुद्घाटन हुने कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै