होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज १८, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • मार्तडीबासीले गरे राँगा जुधाएर बडादशैंको सूरुवात
बाजुरा बिशेष

मार्तडीबासीले गरे राँगा जुधाएर बडादशैंको सूरुवात

  • नागरिक रैबार
मार्तडीबासीले गरे राँगा जुधाएर बडादशैंको सूरुवात

नागरिक रैबार/बाजुरा १६ असोज । बाजुराको सदरमुकाम मार्तडीबासीले राँगालाई एक आपसमा जुधाएर दशैँको सुरुवात गरेका छन् । दसैंको अवसर पारि आज बडीमालिका नगरपालिका वडा नम्वर ८ को बाउली बगरमा राँगा जुधाएर दशैँको सुरुवात गरेका हुन् ।

मार्तडीबासीले प्रत्येक वर्ष घटस्थापनाको अघिल्लो दिनदेखिनै विशेष रुपले राँगाहरुलाई एक आपसमा जुधाएर बडा दशैंको स्वागत गर्ने प्रचलन रहेको छ । ओल्लो पल्लो गाउँका राँगाहरुको जोडी बनाएर आपसमा जुधाएर प्रतिस्पर्धा गराइन्छ । यो मार्तडीबासीको पुरानै परम्परा हो ।

मार्तडीका स्थानीयबासीले विशेष गरेर घटस्थापनाको अघिल्लो दिन सवैको घरघरमा जमरा राख्ने र दिउसो राँगाहरुलाई जुधाएर रमाइलो गर्ने प्रचलन छ । घटस्थापनाको अघिल्लो दिन औंसीदेखि दसैं अवधिभर बाजुराको विभिन्न क्षेत्रमा राँगा जुधाएर रमाइलो गर्ने चलन रहि आएको छ ।

विज्ञापन

सदरमुकाम मार्तडी नजिकैको बाहुली बगरमा राँगाहरुलाई जम्मा गरेर एक आपसमा जुुधाएर दशै पर्वको सूरुवात संगै रमाईलो गर्नु यहाँका बासिन्दाको पुरानो चलन हो । पुराना बाउबाजेका पालादेखि नै राँगाहरुलाई एकआपसमा जुधाउने प्रचलन रहेको बुढापाकाहरुको भनाई छ ।

गाउँगाउँबाट ल्याईएका राँगाहरुको जुधाई खेलमा जित्ने राँगा र गाउँवासीको शाननै बेग्लै हुन्छ । साथै जित्ने राँगाको मुल्य वृद्धि हुन्छ भने राँगो पाल्ने मालिक र उनको गाउँको सबैको इज्जत बढेको मानिन्छ । त्यस्तै हार्ने राँगाको मूल्य पनि घट्ने र ईज्जत पनि घट्ने स्थानीयको भनाई छ । राँगा जुधाई हेर्न सयौंको संख्यामा मानिसहरु उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै