होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बजार
  • मार्तडी बजार अनुगमन, म्याद गुर्जेका सामान नष्ट
बजार

मार्तडी बजार अनुगमन, म्याद गुर्जेका सामान नष्ट

  • नागरिक रैबार
मार्तडी बजार अनुगमन, म्याद गुर्जेका सामान नष्ट

नागरिक रैबार/ बाजुरा १६ असोज ।  बाजुरामा दशैं तिहारको मुख्खैमा कालोबजारी बढ्न थालेपछी बजार अनुगमन गरि अखाद्यवस्तु नष्ट गरिएको छ । दशैं तिहारको विचमा जिल्लाका विभिन्न हाट बजारहरुमा अनुगमन गरि अखाद्यवस्तु नष्ट गरिएको हो ।

बुधबार जिल्लाको बडीमालिका नगरपालिकाको मार्तडी लगायतका बजारहरु अनुगमन गरि अखाद्यवस्तु नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालय बाजुराका सूचना अधिकारी पदम ऐरीले बताएका छन् ।

बजारमा विक्रीका लागि राखिएका विभिन्न माद नाघेका अखाद्य वस्तुहरु बरामद गरी सरोकारवालाको रोहवरमा नष्ट गरिएको हो । बजार अनुगमनका क्रममा मेघा, भुजा,सुर्ती,जुस,चिउरा,तेल,चटपट र पिनट बरामद गरी नष्ट गरिएको छ ।

विज्ञापन

घरेलु तथा उद्योग विकास कार्यालय बाजुराको आयोजनामा बजार अनुगमन गरिएको हो । बजारमा म्याद गुज्रेका सामान विक्री वितरण भइरहेको, र कालोबजारी तथा चर्काे मूल्य वृद्धि लगायतका कार्य हुने गरेको जनगुनासो आउन थालेपछि अनुगमन गर्न थालिएको हो ।

अन्य समयमा बजारमा हुने कालोबजारी र मूल्य वृद्धि भए पनि खासै अनुगमन नहुने गरेको भएपनि दशैं तिहार लक्षित गरेर बजार अनुगमन हुने गरेको छ ।अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी रुपम मण्डल,बडीमालिका नगरपालिका ८ का वडाध्यक्ष चन्द्रबहादुर थापा बडीमालिका नगरपालिका,कोष तथा लेखा नियन्त्रकका प्रमुख तथा प्रतिनिधी सुरक्षाकर्मी लगायत सहभागी थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार