होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कैलालीको गोदावरी–९ को कार्यालयमा चार दिनदेखि ताला
देश/प्रदेश

कैलालीको गोदावरी–९ को कार्यालयमा चार दिनदेखि ताला

  • नागरिक रैबार
कैलालीको गोदावरी–९ को कार्यालयमा चार दिनदेखि ताला

धनगढी : कैलालीको गोदावरी नगरपालिका–९ को कार्यालयमा चार दिनदेखि ताला लगाइएको छ। नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै वडा कार्यालयमा ताला लगाइएको हो।धनगढी–सेहरी सडक निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै गोदावरी नगरपालिका–९ सेहरीका स्थानीय आन्दोलित छन्। उनीहरूले सङ्घर्ष समिति गठन गरेर वडा कार्यालयमा ताला लगाएका हुन्।

सङ्घर्ष समितिले गोदावरी नगरपालिका–९ का वडाध्यक्ष रामलाल रानालाई असोज ७ गते ज्ञापनपत्र बुझाएको थियो। वडाध्यक्ष रानाको गोदावरी नगरपालिका र प्रदेश सरकारसम्म पहुँच नभएकाले वडामा योजना नआएका उनीहरूको आरोप छ। धनगढी–सेहरी–मुर्कटी सडकमा ग्राभेलसमेत नगरेको भन्दै उनीहरूले गोदावरी नगरपालिकाको कार्यालय घेराउ गरेका थिए। नगर प्रमुख वीरेन्द्र भट्टसँग छलफलसमेत गरेका थिए। तर, नगर प्रमुख भट्टसँगको छलफल निष्कर्ष विहीन भएपछि चार दिनदेखि वडा कार्यालयको काम प्रभावित भएको छ। जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधि र सङ्घर्ष समितिको बिचमा बुधवार बैठक हुने भएको छ।

गोदावरी–९ का स्थानीयको कृषि उत्पादनको बिक्री, रोजगार तथा काम गर्न, औषधी–उपचारका लागि धनगढी आउनु पर्ने हुन्छ। तर, सडकमा खाल्डै खाल्डा रहेकाले समस्या हुने गरेको स्थानीय गगन साउँदले बताए। उनले भने, ‘गोदावरी नगरपालिकाको बिकट वडा हो। अत्तरिया जान १८ किलोमिटर हो। धनगढी जान ६ किलोमिटर छ। स्थानीय तह बन्दा उपमहानगरपालिकामा जोड्न भनेका थियौ। आन्दोलन गरेका थियौ। तर, वडामा सुविधा आउने भनेका थिए। हाम्रो कामहरू सुनुवाइ भएका छैनन।’

विज्ञापन

गोदावरी नगरपालिका–९ का गर्भवती महिला र धनगढी कामको लागि आउने महिलाहरूलाई बढी सास्ती रहेको छ। उनीहरूले वडा कार्यालयसम्म आउन समेत सडकको समस्या रहेको बताएका छन्। धनगढीको बेला–मुर्कटी सडक कालोपत्रका लागि बजेटको माग गर्दै उनीहरूले आन्दोलन गर्दै आएका हुन। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै