होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिकाको १० औं स्थापना दिवस भव्यताका साथ मनाईयो
देश/प्रदेश

बडीमालिकाको १० औं स्थापना दिवस भव्यताका साथ मनाईयो

  • नागरिक रैबार
बडीमालिकाको १० औं स्थापना दिवस भव्यताका साथ मनाईयो

नागरिक रैबार/बाजुरा १६ मंसि। बाजुराको बडीमालिका नगरपालिकाले आफ्नो १० औं स्थापना दिवस भव्यताका मनाएको छ । २०७१ मंसिर १६ गतेका दिन साविकको बुढीग‌ंगा, मार्तडी र जुगाडा गाविसलाई समेटेर नगरपालिकाका रुपमा घोषणा भएको १० पुरा भएको अवसरमा स्थापना दिवस मनाइएको हो ।

दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा ९ वटै वडाका मौलिकता पहिचान झल्किने गरि साँस्कृतिक झाँकी र विद्यालय स्तरीय साँस्कृतिक कार्यक्रम सहीत दिवस मनाएको नगरप्रवक्ता धर्मराज पाध्यायले बताएका छ्न ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख अमर खड्काले  समृद्ध बडीमालिका र खुसी नगरबासी बनाउने अभियानका साथ अगाडि बढीरहेको बताएका छन् ।

विज्ञापन

बडीमालिका नगरपालिका २०७१ मंसिर १६ गते घोषणा गरिएको थियो । सरकारले घोषणा गर्दा मार्तडी, जुगाडा र बुढीगंगा गाविसलाई समावेश गरेर नगरपालिका बनाएको थियो । जतिबेला राज्यले बडीमालिका सहीत ६१ वटा नगरपालिका थपेको थियो । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी समेत यही नगरपालिकामा पर्ने गर्दछ ।

नगर प्रमुख अमर खड्काको अध्यक्षता संचालन भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका थिए । जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले उद्घाटन गरेको दिवसमा सिंगो पालिकाको सँस्कृति, परम्परा, र रितिरिवाज झल्किने प्रस्तुती प्रर्दशन गरिएको छ । भने विद्यालय स्तरीय नृत्य प्रतियोगिता पनि सञ्चालन गरिएको छ ।

नगरका पूर्व नगर प्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट, एमाले सचिव काशी, विक, काँग्रेसका नेता गोपाल कार्की सहीत दलका नेताहरु, पालिकाका जनप्रतिनिधी, कर्मचारीको पनि भव्य सहभागिता रहेको थियो । पालिकाले १० वर्ष पुरा गरेको अवसरमा सार्वजनिक विदा दिएरै दिवस मनाएको छ ।

नगरको समृद्धि र विकासको सपना सुनाउने र महशुस गराउने गरि दिवस आयोजना गरिएको नगर उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् । थापाले स्वागत मन्तव्य सहीत बडीमालिकाको समृद्धि सबैको सपना र संकल्प हुन पर्ने बताएकी छन् । नगरपालिकाको १० वर्षे यात्रामा तरकारी खेतीको आधुनिकरण, व्यवसायीक खेती, पर्यटन विकास, पशुपालनबाट राम्रो आम्दानी र स्वास्थ्य क्षेत्रमा प्राप्त सफलताले खुसी मिलेको नगर प्रमुख खड्काले बताएका छन् ।

प्रविधी मैत्री विकासमा पनि बडीमालिकाले राम्रो सफलता हासिल गरेको र मार्तडी बजारको आधुनिकरण, व्यवस्थीत शहर, शैक्षिक सफलता र सबै वडा केन्द्रमा सडक सञ्जाल जोड्न पनि पालिका सफल भएको बडीमालिकाले प्रगतिमा देखाएको छ ।

भोटे सेलो, अनन्ते, गौरा, भूवा नाच, लाखे, देउडा, हरिनो सहीतका झाँकीहरु प्रस्तुत गरिएको छ । सबै वडाबाट स्थानीयको व्यापक उपस्थिति सहीत दिवस मनाइएको छ । पालिकाले आयोजना गरेको १० वर्षयतामै व्यापक उपस्थिति र भव्य कार्यक्रमको रुपमा दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।

देउडा सहीतका प्रस्तुत गरिएका गीत मार्फत स्थानीयले अझै विकासको गति बढाउनु शुभेच्छा समेत दिएका छन् । दिवसकै अवसर पारी नगरको विकासमा योगदान गर्ने पत्रकार, शैक्षिक अभियान्ता, कर्मचारी, कलाकार र सफल उद्यमीलाई सम्मान गरिएको छ । नगरको १० औं स्थापना दिवसको अवसरमा नगरपालिकाले आज पालिकाभित्र सार्वजनिक विदा समेत दिएको थियो ।

बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया रहेका थिए ।कार्यक्रमको विशिष्ट अतिथिमा नगरउपप्रमुख नन्दा कुमारी थापा, पूर्व नगरप्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट, नेकपा एमाले बाजुराका सचिव काँशी विक, काँग्रेसका गोपाल कार्की लगायत रहेका थिए ।

बडीमालिका नगरपालिकाको कृषि विकास शाखाका प्राविधिक सहायक रमेश विकले संचालन गरेको कार्यक्र खुलामंचमा आयोजना गरिएको थियो । नगरको १० औं स्थापना दिवसको अवसरमा नगरपालिकाले आज पालिकाभित्र सार्वजनिक विदा समेत दिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार