होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर १८, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा ५२ दशमलव ३१ प्रतिशत मत खस्यो
Breaking News

बाजुरामा ५२ दशमलव ३१ प्रतिशत मत खस्यो

  • नागरिक रैबार
बाजुरामा ५२ दशमलव ३१ प्रतिशत मत खस्यो

नागरिक रैबार/बाजुरा १६ मंसिर।बाजुराको स्वामिकार्तिक गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ५२ दशमलव ३१ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार ३ हजार ९ सय ३ मत खसेको हो । जसमा महिला २ हजार पुरुष १ हजार ९ सय ३ मत रहेका छन् । यो पालिकामा ७ हजार ६० जना मतदाता रहेका थिए ।

मतदान प्रकिया सम्पन्न पश्चात अहिले मतदान केन्द्रबाट मतपेटिकाहरु सिल गरेर मत गणना स्थलमा ल्याउने काम भइरहेको छ ।

विज्ञापन

गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट पुल्तिसरा शाही, नेकपा एमालेबाट सुलोचना बुढा र नेकपा एकिकृत समाजवादीबाट जवा शाही चुनावी प्रतिष्पर्दामा रहेका छन् ।

यी मध्ये नेपाली काँग्रेस र एमालेका उम्मेदवारविच कडा प्रतिष्पर्दा हुने देखिएको छ । यस पालिकामा २०७९ को निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित उपाध्यक्ष मैना जोशीको गएको माघ महिनामा निधन भएपछि उपनिर्वाचन गरिएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार