नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको स्वामिकार्तिक गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि भईरहेको मतदानमा अहिलेसम्म ३ हजार ६ सय ६० जनाले मतदान गरिसकेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले हामीलाई दिएको जानकारी अनुसार दिउसो सम्म ४१ प्रतिशत मतदान भएको हो । यो पालिकामा ७ हजार ६० जना मतदाता रहेका छन् । साँझ ५ बजेसम्म करिव ६० देखि ६५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।
मतदान भइरहेका केन्द्रहरुमा सहभागि सवै मतदातालाई निर्धक्क रुपमा मत खसाल्नका लागि सवै मतदान केन्द्रमा बाक्लो संख्यामा सुरक्षा कर्मीहरु परिचालन गरिएको छ । विहान ७ बजेबाट सूरु भएको मतदान प्रक्रिया अहिलेसम्म शान्तिपूर्ण तरिकाले भइरहेको छ ।
स्वामीकार्तिकमा उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनका लागि ५ वटा मतदान स्थल र ९ वटा मतदान तोकिएका छन् । ति सवै मतदान केन्द्रहरुमा उत्साहजनक तरिकाले मतदाताहरु सहभागि भइरहेको छन् ।
गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट पुल्तिसरा शाही, नेकपा एमालेबाट सुलोचना बुढा र नेकपा एकिकृत समाजवादीबाट जवा शाही चुनावी प्रतिष्पर्दामा रहेका छन् ।
यी मध्ये नेपाली काँग्रेस र एमालेका उम्मेदवारविच कडा प्रतिष्पर्दा हुने देखिएको छ । यस पालिकामा २०७९ को निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित उपाध्यक्ष मैना जोशीको गएको माघ महिनामा निधन भएपछि उपनिर्वाचन गरिएको हो।
फेसबुक प्रतिक्रियाहरु