होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा एनटी फाईवरको इन्टरनेट सेवा अवरुद्ध
समाचार

बाजुरामा एनटी फाईवरको इन्टरनेट सेवा अवरुद्ध

  • नागरिक रैबार
बाजुरामा एनटी फाईवरको इन्टरनेट सेवा अवरुद्ध

नागरिक रैबार/बाजुरा १५ असोज।बाजुरामा नेपाल टेलिकमको एनटी फाईबरको इन्टरनेट सेवा अवरुद्ध भएको छ । बुढीगंगा नगरपालिका २ को बल्दे नजिकै राष्ट्रिय प्रसारण लाईन अन्तरगत विद्युतको पोलसंगै विस्तार गरिएको तार चुडिएपछि मंगलबार दिउसो साढे २ बजेबाट बाजुरामा एनटी फाईवरको इन्टरनेट सेवा अवरुद्ध नेपाल टेलिकम बाजुरा शाखाका कार्यालय प्रमुख लोकबहादुर खड्काले जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले विद्युतको लाईन विस्तार गर्ने क्रममा इन्टरनेट सेवाको तार चुटाएको कार्यालय प्रमुख खड्काले बताए ।
उनका अनुुसार सो ठाउँमा चुडिएको तार जडान गरि सेवा सूचारु गर्न करिव एकसाता लाग्ने भएको छ । तार चुडिएरको ठाउँमा पुनः जडान गर्नका लागि प्राविधिकहरुको टोली भोलि धनगढीबाट बाजुराका लागि हिड्ने भएको छ ।

दशैंको मुखैमा इन्टरनेट सेवा अवरुद्ध भएपछि सदरमुकाम मार्तडीमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय संगै बैक तथा वित्तिय संस्थाहरुका दैनिक कामकाजमा समस्या भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार