होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • पार्टीको काम रोकेर राहत र उद्धारमा परिचालित हुन एमालेको निर्देशन
Breaking News

पार्टीको काम रोकेर राहत र उद्धारमा परिचालित हुन एमालेको निर्देशन

  • नागरिक रैबार
पार्टीको काम रोकेर राहत र उद्धारमा परिचालित हुन एमालेको निर्देशन

काठमाडौं । सत्तारढ नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।बैठकले बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा जोड दिएको छ ।

साथै लाइफ लाइनका रुपमा रहेका सडकहरु सञ्चालन गर्न पहिलो प्राथमिकता दिन सुझाएको महासचिव पोखरेलले जानकारी दिए ।क्षतिको यकिन विवरण संकलन गर्न र धान लगायतका कृषि बालीमा परेको असर हेरेर सम्बोधन गर्न पनि आग्रह गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार