नागरिक रैबार/बाजुरा १४ कार्तिक।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्तिक १९ गते बाजुरा आउने भएका छन् ।ओली बुढीगंगा नगरपालिकाको निमन्त्रणमा बाजुरा आउन लागेका हुन् ।
यही कार्तिक १९ गते बुढीगंगा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्धघाट्नका लागि ओली बाजुरा आउन लागेको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् ।
बुढीगंगा नगरपालिकाको प्रशासनिक भवनको उद्धघाटन् संगै नगरपालिकाको आयोजनामा १९ गतेबाट संचालन हुने भलिवल प्रतियोगिताको समेत ओलीले उद्धघाटन् गर्ने र त्यसपछि एमालेको भेलालाई सम्वोधन गर्ने कार्यक्रम तय भएको नगरप्रमुख बानियाँको भनाई छ ।
बुढीगंगा नगरपालिकामा सोही दिन हुने विभिन्न कार्यक्रममा सहभागि भएर दिउसो बडीमालिका मन्दिरको अवलोकन गरेर काठमाण्डौं फर्किने भएका छन् ।
ओलीसंगै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य कणर्बहादुर थापा समेत बाजुरा आउने भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु