होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • Uncategorized
  • सन्दीप बिनाको राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान
Uncategorized

सन्दीप बिनाको राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

  • नागरिक रैबार
सन्दीप बिनाको राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि अन्तिम तयारी गर्न राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको हो । नेपाली टोली मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेको हो ।

आईसीसी विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा गरेको थियो । राष्ट्रिय टोलीमा प्रभावशाली स्पिनर सन्दीप लामिछालाई भने समावेश गरिएको छैन ।

आफूमाथि लगाइएको बलात्कार मुद्दाको फैसला नभएका कारण सन्दीप दक्षिण अफ्रीका जान नपाएका हुन् । आफू राष्ट्रिय टोलीसँग दक्षिण अफ्रिका नजाने भएपछि सन्दीपले टोलीका अन्य सदस्यलाई सफलताको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दक्षिण अफ्रिका जाने टोलीका अन्य सदस्यलाई शुभकामना दिएका हुन् ।

विज्ञापन

उनले लेखेका छन् ‘मलाई तपाइँहरूको क्षमताप्रति पूर्ण विश्वास छ । तपाइँहरु सबैले क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वसामू आफ्नो क्षमता देखाउनु भएको छ । फेरि तपाइँहरुका अगाडि आफ्नो क्षमताप्रति विश्वास गर्ने समय आएको छ । तपाइँहरु जहाँ जानु भए
दक्षिण अफ्रिका भ्रमणका क्रममा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ । अभ्यास खेलपछि नेपाली टोली दक्षिण अफ्रीकाबाटै आईसीसी विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्ने क्यानले जनाएको छ ।

जिम्बावेमा आयोजना हुने विश्वकप छनोट प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने प्रतियोगितामा समूह ’ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, वेस्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेका छन् ।

नेपाली टोलीले जुन १८ तारिखमा जिम्बावेसँग पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल जुन २० मा अमेरिकासँग, तेस्रो खेल जुन २२ मा वेस्ट इन्डिजसँग र चौथो तथा अन्तिम खेल जुन २४ तारिखमा नेदरल्यान्ड्सँग खेल्नेछ ।

विश्वकप छनोटको समूह ’बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र युएई रहेका छन् । दुबै समूहको शीर्ष तीन टोली ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यसपछि शीर्ष स्थानमा रहने दुई टोली आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट भारतमा आयोजना हुँदैछ । आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान भने विश्वकपका लागि छनोट भइसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार