नागरिक रैबार/बाजुरा १७ जेठ। बाजुराकाे गौमुल गाउँपालिका–६ टुनीमा एक घरमा आगलागी भएको छ । आज विहान विद्युतको तार सट भएर गाैमुल ६ का स्थानीय गोरे विक र उज्वल विकको घरमा आगलागी हुदा तीन तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
विद्युतको तार सट भएर घरमा आगलागी हुँदा ३ तले पत्थरले छाएको ८ कोठे घर पुरै जलेर नष्ट भएको प्रहरीले बताएको छ ।
घरमा आगलागी हुँदा लत्ताकपडा, भाडाकुडा, अन्न कागजात जलेर सखाप भएका छन् ।भने बाकसमा राखेको आधा तोला सुन समेत जलेर नस्ट भएको पीडित परिवारले बताएका छन् । आगलागिबाट पाँच लाख बढीको क्षती भएको प्रहरीले बताएको छ। स्थानीयले तत्काल उद्धार गर्दा मानवीय क्षती भने नभएको प्रहरीको भनाई छ ।
यस्तै खप्तड छेडेदह गाउँपालिका–३ घर भइ बुढीगंगा नगरपालिका–९ सेली बस्दै आएका डम्मर रावतको घरमा पनि विद्युतकाे तार सट भएर १ दिन अगाडि आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
रावतको खरले छाएको दुई तले ४ कोठे घर जलेर पूर्ण रुपमा नष्ट हुनुका साथै घरभित्र रहेका अन्न, लत्ताकपडा, भाडाकुडा लगायत ७ लाख बराबरको क्षती भएको थियाे ।
फेसबुक प्रतिक्रियाहरु