होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • श्रीमानले पेट्रोल छर्किएर आगो लगाईदिँदा श्रीमती घाइते, छोराको मृत्यु
समाचार

श्रीमानले पेट्रोल छर्किएर आगो लगाईदिँदा श्रीमती घाइते, छोराको मृत्यु

  • नागरिक रैबार
श्रीमानले पेट्रोल छर्किएर आगो लगाईदिँदा श्रीमती घाइते, छोराको मृत्यु

काठमाडौं: बाँकेमा श्रीमानले पेट्रोल छर्किएर आगो लगाईदिँदा श्रीमती घाइते भएकी छिन्। दुई वर्षका छोरा प्रिन्सको उपचारका क्रममा सोमबार बिहान साढे ६ बजे मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए।

बाँकको कोहलपुर नगरपालिका १ शक्तिनगरका ३० वर्षीय भानुभक्त बिकले आइतबार साँझ श्रीमती गंगा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाइदिएका थिए। उपचारकै क्रममा रहेकी घाइते गंगाको शरीरको १८ देखि २० प्रतिशत भाग जलेको उनले बताए।

घटना लगतै स्थानियले उद्दारगरी अस्पताल पुर्‍याएका थिए। घाँटीको भागमा बढी जलेकाले अवस्था चिन्ताजनक रहेको नेपालगञ्जस्थित भेरी अस्पतालले जनाएको छ। घटनापछि फरार रहेका बिकलाई गएराति नै प्रहरीले नियन्त्रणमा लिएको छ। आपसी मनमुटावमा आगो लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार