होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • जिल्ला अस्पताल बाजुरामै हाडजोर्निका विरामीको सफल सल्यक्रिया हुँदै
Breaking News

जिल्ला अस्पताल बाजुरामै हाडजोर्निका विरामीको सफल सल्यक्रिया हुँदै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
जिल्ला अस्पताल बाजुरामै हाडजोर्निका विरामीको सफल सल्यक्रिया हुँदै

नागरिक रैबार/बाजुरा १४ जेठ।जिल्ला अस्पताल बाजुराले जटिल प्रकारका हार्डजोर्नी सम्वन्धि समस्या भएका विरामीहरुको जिल्लामै सफल सल्यक्रिया गर्न थालेको छ ।

जिल्ला अस्पताल बाजुराले बिगत ३ महिना देखि हाडजोर्नी तथा नसारोग बिषशेज्ञ डाक्टर रोशन भट्टराईलाई नियुक्त गरेर उक्त समस्या भएका विरामीहरको सफल सल्यक्रिया गर्न थालेको हो ।

जिल्ला अस्पताल बाजुरामा हाडजोर्नि तथा नसारोग विशेषज्ञ डाक्टर भट्टराईलाई नियुक्त गरेर हालसम्म ३० भन्दा बढी जटिल प्रकारका हाडजोर्नि सम्वन्धिका विरामीको उपचार गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् ।

विज्ञापन

जिल्ला अस्पतालले अहिले दैनिक हाडजोर्नि तथा नसारोग सम्वन्धिका ४/५ जना बढी विरामीहरुको सफल सल्यक्रिया गरिरहेको बताएको छ । त्यस्तै यो भन्दा अगाडि जिल्ला बाहिर गरिएका जटिल अप्रेशनका रडहरू निकाल्ने काम पनि अहिले अस्पतालमा निरन्तर भइरहेका छ ।
आजमात्रै जिल्ला अस्पताल बाजुराले हाडजोर्नी सम्वन्धिको जटिल खालका बुढीनन्दा नगरपालिका १० का जेम्स सार्कीको सफल सल्यक्रिया गरेको छ ।

जिल्ला अस्पताल बाजुरामा यस अघि हाडजोर्नी तथा नसारोग सम्वन्धिका विरामीहरुको उपचार हुन् सकेको थिएन् । जिल्लाको सदरमुकाममा रहेको अस्पतालमा हाडजोर्नी तथा नसा सम्वन्धि रोगको उपचार सेवा नहुँदा विरामीहरु अछामको बयालपाटा र धनगढी नेपालगंजका अस्पताल सम्म उपचारका लागि जाने गरेका थिए ।

जिल्ला अस्पताल बाजुराले हाडजोर्नी तथा नसारोग सम्वन्धिका विरामीहरुको उपचार सेवालाई मध्येनजर गर्दै हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर भट्टराईलाई नियुक्त गरेपछि उक्त समस्याका बिरामीहरूलाई अवदेखि जिल्ला बाहिर उपचार गर्न जानुपर्ने बाध्यता हटेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै